काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले ट्वीट गर्दै आफू र श्रीमतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टी भएको बताएका छन्।
उनका सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्प क्वारेन्टिनमा बसेका थिए थिए।
कोरोना भाइरस संक्रमणबाट बच्न विज्ञहरुले जारी गरेको निर्देशिकालाई ट्रम्पले सुरुवातमा मजाकमा उडाएका थिए । तर, निर्वाचन अभियानले तिव्रता पाइरहेका बेला उनी एक्कासी संक्रमित भए ।
एक्काइसौँ शताब्दीमा पदमै रहेका बेला गम्भीर रोगबाट प्रताडित हुने ट्रम्प पहिलो राष्ट्रपति हुन् । यसअघि बिसौं शताब्दी हृदयघातले वारेन जी हार्डिङ र सेरेब्रल ह्यामरेजले फ्रयाङलिन डि रुसवेल्टको ज्यान लिएको थियो । ७४ वर्षका ट्रम्पमा कोरोना देखिएको खबर फैलिएसँगै अमेरिकामा स्टक मार्केट पनि ओरालो लागेको छ ।
Tonight, @FLOTUS and I tested positive for COVID-19. We will begin our quarantine and recovery process immediately. We will get through this TOGETHER!
— Donald J. Trump (@realDonaldTrump) October 2, 2020
Discussion about this post