माङसेबुङ: फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ९ औं वार्षिक साधारण सभाको अवसरमा घुम्ती सेवा सम्पन्न गरेको छ ।
सधाको वर्ष तामाझामका साथ आयोजना गर्दै आएको सभा कोभिड १९ का कारण यसवर्ष भने घुम्ती सेवाको आयोजना गरिएको संस्थाका अध्यक्ष संकल्प लिङदेनले बताउनु भयो ।
सस्थाले ५ असोजमा प्रतिवेदन सार्वजानिक गर्दै ७ गते विर्तामोड, शनिअर्जुन, कन्काई र भद्रपुर, ८ गते शिवसताक्षी नगरपालिका, ९ गते कमल गाउँपालिका, ११ गते दमक नगरपालिकाको वडा नं. १,७,८,९ र १०, असोज १२ गते उर्लाबारी नगरपालिका, १६ गते माङसेबुङ गाउँपालिकामा सेवा पुर्याएको थियो ।
कुल १ हजार ७५ शेयर सदस्य संख्या रहेको संस्थाको चुक्ता शेयर पुजी २ करोड ७९ लाख १४ हजार ७ सय रहेको छ । कोष हिसाब १ करोड ७६ लाख २ हजार ६ सय ६४ रुपँया छ । बचत, ८ करोड १ लाख २४ हजार ७ सय १५ रहेको छ भने बाह्य कर्जा ६३ लाख ८२ हजार ४ सय ३७, कर्जा लगानी १० करोड ७० लाख ९१ हजार ९१ रहेको छ ।
घुम्ती सेवामा शेयर सदस्यलाई प्रतिवेदन र पारवहन खर्च रु ३ सय वितरण गरेका थिए ।
Discussion about this post