माङसेबुङ १९ मंसिर। पाप नगरे पृथ्वीमा २५ वर्षसम्म केही नहुने मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ ।
शुक्रबार सम्पन्न भएको मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोहमा आशीवर्चन दिनु हुँदै अङसीमाङले सो कुरा बताउनुभएको हो ।
कलियुगमा असत्यको शासन चल्ने सेइङले बताउनु भएको छ । सेइङले भन्नु भयो, ‘सत्य एक्लो हुन्छ तर सत्यको विजय हुन्छ ।’ अंहकार, क्रोध, घमण्डले नास भइने आशीर्वचन दिनुहुँदै थप्नु भयो, ‘मान्छेलाई धर्म चाहिन्छ धर्म बेगर मान्छे हुँदैन ।’
कोरोना भाइरस शान्ति भएपनि अर्को रुप लिन सक्ने संकेत गर्नुहुँदै धर्मगुरु सेइङले सत्यको पछि लागेर विश्व शान्ति भए सबै शान्त र आनन्दले बाँच्न सकिने बताउनु भएको छ ।
जन्मोत्सव समारोहमा आशीर्वचन दिनुहुँदै वहाँले विभिन्न महामारीबाट बच्न हत्या हिंसारहित माङसेवा गर्न वहाँले सबैलाई आग्रह गर्नु भएको छ । धर्मको लागि ज्यान दिन तयार हुनु पर्छ भन्नु हुँदै, धर्मको लागि कट्टर र सही भक्त हुनु पर्ने वहाँले बताउनु भएको छ ।
जन्मोत्सब कार्यक्रम अन्तर्गत बिहीबार समुद्घाटन पश्चात नोमाङगेन्ना सेवा र साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । भने, शुक्रबार मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको मुखारविन्दुबाट अमृतमय आशीर्वचन प्रदान भएको भएको थियो ।
त्यसैगरी वहाँहरुको हस्तबाहुलीमा मिक्तोक (उपहार) अभिनन्दन चढाउने कार्यक्रम भएको थियो । समारोह सम्पन्न गर्न सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद पत्र वितरण साथै कृति विमोचन र खेलकुदमा विजयी सहभागिहरुलाई पुरस्कार वितरण कार्यक्रम सञ्चालन गरिएको थियो ।
मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवाको समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न भएको छ ।
Discussion about this post