हुवावेले छिट्टै नै नयाँ स्मार्टफोन चिप ‘द किरिन ९९०’ तथा इयरपडजस्तै इयरफोन ‘द फ्रिबड्स ३’ बजारमा ल्याउँदैछ । बर्लिनमा आयोजना हुने आईएफए ट्रेड शोभन्दा पहिलेको मिडिया ब्रिफिङमा हुवावेले उक्त जानकारी दिएको हो ।
हुवावेको नयाँ चिपमा शक्तिशाली एआई चिप र फाइभजी चिप बिल्टइन हुनेछ । यो यस प्रकारको विश्वकै पहिलो चिप हो । पहिलेको तुलनामा यसले सिंगल कोरमा ९ प्रतिशत तथा मल्टिकोरमा १० प्रतिशतभन्दा बढी पर्फमेन्स दिने कम्पनीले बताएको छ ।
हुवावेको फ्रिबड्स ३ मा वायरलेस इयरबड हुनेछ, जुन पोर्टेबल चार्जिङ केस तथा एक्टिभ न्वाइज क्यान्सिलेसन सहित उपलब्ध हुने कुरा बताइएको छ । छिट्टै चार्ज हुन सक्ने यी डिभाइस एक पटक चार्ज गर्दा लगातार ४ घण्टा चलाउन सकिन्छ र यसलाई चार्जिङ केसको सहयोगले २० घण्टा सम्म बढाउन सकिन्छ ।
Discussion about this post