इन्टरनेट र नेटवर्क सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘अब हरेक टिभीमा युट्युब’ अफर ल्याएको छ । उक्त सेवाअन्तर्गत वर्ल्डलिंकको नेटटिभीका प्रयोगकर्ताहरूले अब आफ्नो टिभीमार्फत साथीभाइ वा सपरिवार युट्युबको भरपूर फाइदा उठाउन सक्नेछन् । उक्त सुविधा स्मार्ट मात्र नभएर ननस्मार्ट वा सीआरटी टिभीमा समेत उपलब्ध हुने बताइएको छ । यसबाट ८० भन्दा बढी एचडी च्यानल हेर्ने सुविधा उपलब्ध हुनेछ ।
त्यसैगरी नेटटिभी प्रयोगकर्ताहरूले नियमित टिभी च्यानल कन्टेन्टमात्र नभै आफूलाई मन पर्ने कन्टेन्टहरू युट्युबमार्फत हेर्न सक्छन् । यो सुविधाका फ्रयोगकर्ताहरूले युट्युब स्व्रिनलाई आफ्नै स्मार्टफोनबाट टिभीमा कास्ट गर्न सक्छन् । त्यसैगरी नेटटिभीले मोबाइल फोनमा पनि रिमोट एप्लिकेसन उपलब्ध गराएकाले यो सेवा उपभोग गर्न एकदमै सहज छ ।
Discussion about this post