बिरामी अवस्थामा अस्पताल भर्ना हुनुपर्यो भने बालबालिकालाई थप तनाव हुन्छ । यस्तै अवस्थामा रोबोटिक टेडी बियर प्रयोग गरियो भने उनीहरूको तनाव कम हुन्छ । यससम्बन्धी अध्ययन पेडियाट्रिक जर्नलमा प्रकाशित छ ।
उक्त अध्ययनका लागि अमेरिकाको बोस्टन चिल्ड्रेन हस्पिटलको बाल चिकित्सा एकाइमा भर्ना भएका ५० जना बालबालिकालाई तीन भागमा बाँडेर पारम्पारिक टेडी बियर, रोबोटिक टेडी बियर तथा भर्चुअल टेडी बियर दिइएको थियो ।
म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी तथा नर्थ इस्टर्न युनिभर्सिटीका शोधकर्ताहरूले गरेको उक्त अध्ययनमा अरूको तुलनामा रोबोटिक टेडी बियर पाएका बालबालिकामा कम तनाव भएको पाइयो । उक्त अध्ययनमा ३ देखि १० वर्षका बालबालिका सामेल थिए ।
उनीहरूलाई दिइएका रोबोटमा पनि फरक–फरक विशेषता थिए । रोबोटिक टेडी बियरले सानो बच्चा भए नर्सरीको गीत सुनाउँथ्यो भने ठूला बच्चालाई कुनै पनि प्रश्नको जवाफ दिन तथा सँगै घुमफिर गर्न रोक्ने रोबोट दिइएको थियो ।
Discussion about this post