पैंतीस हजार मत प्राप्त गरेर विजयी बनेका सांसद रेशम चौधरी अढाइ वर्षदेखि जेलमा छन् । घटनास्थलमै नभएका र चुनावी क्षेत्रमै नआई भारतबाटै नेकपाका संयुक्त उम्मेद्वार तथा केन्द्रीय सदस्य गरिमा शाहभन्दा तेब्बर मत प्राप्त गरी विजयी चौधरीलाई के कति कारणले जेलमा हालिएको छ, त्यो त राज्य सञ्चालकले नै जान्लान् । जेलजीवन बाहिर बर्दिया र कैलाली गरी तीनवटा रेडियो र फूलबारी थारु भिलेज रिसोर्टको समेत एकल सञ्चालक रहेका चौधरी कलाकार, गायक, फिल्म निर्माता, खेलाडीसमेत थिए । विगतमा राज्यले नै उनलाई गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कारजस्ता पदक सम्मानका साथ दिइ विभूषित गरेको थियो ।
अमेरिका, युरोपलगायत विश्वका धेरै मुलुकको भ्रमण गरेका रेशम चौधरी राजधानी काठमाण्डौको सुख शयली जीवन त्याग गरेर पछिल्लो समय आफ्नै गृहजिल्ला कैलाली पुगेका थिए । देशमा संघीयता कार्यान्वयनको प्रयास भइरहँदा थारु अधिकारका लागि उनले टीकापुर क्षेत्रबाट नेतृत्व गरेका थिए । आन्दोलनकै क्रममा टीकापुर क्षेत्रमा राजनैतिक दुर्घटना हुन पुग्यो र उनी त्यही आरोपमै जेल सजाय भोगिरहेका छन् ।
नेपालमा भएका राजनैतिक दुर्घटनामा कोही जेल परेनन् । दशवर्षे जनयुद्धमा करिब सत्र हजारको नरसंहार भयो । तिनै नेताहरु अहिले राज्यको उपल्लो ओहोदामा छन्, तर थारु भएकै कारण रेशमा भने जेलमा थुनिन बाध्य छन् । पछिल्लो समयमा उनी निकै चिन्तित देखिन्छन् । चिन्ताको एउटै कारण हो, उनी समर्थित जसपा र सागै आन्दोलन गरेका सहयोगीहरूले साथ छोड्नु ।
पछिल्लो समयमा राज्य कोरोनाले आक्रान्तित छ । उनी बसेको जेलको सुरक्षाकर्मीमा समेत कोरोनाको संक्रमणले छोइसकेको छ । मुद्दाको किनारा लगाउन उनको पार्टी र जिल्लाबाट सफाई पाएका साथीहरुले बेवास्ता गरिरहेका छन् । आफ्नो जीवनलाई अत्यन्तै सक्रिय बनाइराख्ने चौधरीले जेलमै करिब पाँचवटा पुस्तक लेखिसके, तर आर्थिक अभावका कारण ‘बँधुवा कमैया’ बाहेक अन्य पुस्तक प्रकाशन गर्न सकेका छैनन् । जेलमा बसेर घरभाडा र बच्चाबच्चीको शिक्षा शुल्कले निकै पिरोल्छ उनलाई ।
कोरोनाका कारण जेलमा भेटघाट पूर्णरुपमा बन्द छ । क्षमताभन्दा बढी कैदी राखिएको जेलमा उनले कसरी आफ्नो दिनचर्या बिताइरहेका छन् त्यो उनैलाई थाहा होला । हामी कल्पना मात्रै गर्नसक्छौं, झ्यालखानाको बुाइगलबाट रेशम आकाशतिर हेर्दा हुन् । पंक्षी उडेको देखेर उनलाई स्वतन्त्रताको यादले सताउँदो होल । परिवार सम्झेर परेली भिजाउँदा हुन् । सुन्न नसकेर हरेक रात कोल्टो फेर्दै बित्दो होला । आफ्ना जनता र क्षेत्रको विकासले पनि उनलाई पक्कै सुताउादो होला ।
यस्तैमा लेखनमा अत्यन्तै बग्ने रेशम चौधरीको कविता प्राप्त भो हामीलाई । यो कविता किन र कसका लागि लेखे त्यो हामीले ठोकुवा गर्न सक्दैनौं तर यो कवितामा उनले पूर्णतया आफ्नै सहयात्रीसाग असन्तुष्टि र गुनासोको पोखेका छन् । आखिर को हुन् त ती पात्र ? जसका लागि सांसद चौधरीले यस्तो कविता लेखे । कविताको पूर्णअंश पढेर हामीलाई लाग्छ, या त त्यो पात्र उनको पार्टी जसपा हुनुपर्छ या त थरुहट नेता लक्ष्मण थारु !
साथ छोडेर हिँडे साथी
– रेशम चौधरी
भेलमै खोलो तर्दै थियौं हात छोडेर हिँडे साथी
भङ्गालोमा पुगेपछि साथ छोडेर हिँडे साथी
हातेमालो नछुटाउने हामी सबैको वाचा थियो
बग्दै आको डाली भेट्टाइ झट्कारेर हिँडे साथी
बचाउ बचाउ गुहार गर्दै उनका सामु हात जोड्यौं
किनारामा पुगी उल्टो फड्कारेर हिँडे साथी
भेलमै खोलो तर्दै थियौं हात छोडेर हिँडे साथी
भङ्गालोमा पुगेपछि साथ छोडेर हिँडे साथी
जाने ठाउँ पुग्ने ठाउा गन्तव्य हाम्रो एउटै थियो
लक्ष्य सबै बिर्सिएर एक्लै खोलो तरे साथी
बग्दै गर्दा लाग्दै थियो, मन मुटु हाम्रो एउटै होला
रहेनछन् दिलका पक्का हामलाई घात गरे साथी
भेलमै खोलो तर्दै थियौं हात छोडेर हिँडे साथी
भङ्गालोमा पुगेपछि साथ छोडेर हिँडे साथी
बग्न अझै बग्दै नै छौं साास अझै छादै नै छ
यसैगरि उद्धार गर्लान् विश्वास अझै छादै नै छ
अझै उनले दुनियाँ सामु भन्छन् अरे तार्नै पर्छ
तर राजगुरुले सुझाउाछन् उनलाई
तिमी नेता बन्ने भए रेशमलाई त मार्नैपर्छ
भेलमै खोलो तर्दै थियौं हात छोडेर हिँडे साथी
भङ्गालोमा पुगेपछि साथ छोडेर हिँडे साथी
Discussion about this post