• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
बिहि, जेष्ठ २३, २०८२
Thu, June 5, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
No Result
View All Result
गृहपृष्ठ स्वास्थ्य

संसारभरि नै सेक्सुअल डिसअर्डरमाथि भएका अध्ययन १२ प्रतिशत महिला र २० प्रतिशत पुरुष

२०७७ अशोज ७
in स्वास्थ्य
0 0
संसारभरि नै सेक्सुअल डिसअर्डरमाथि भएका अध्ययन १२ प्रतिशत महिला र २० प्रतिशत पुरुष

केही महिनाअघि ३५ वर्षीया एक अविवाहिता कमला (नाम परिवर्तन) आफ्नो जिन्दगीबाट वाक्कदिक्क भइन्। आफ्नो समस्या न खुलेर कसैलाई भन्न सक्थिन्, न त चिकित्सककहाँ नै जान सक्थिन् ! कुनै पुरुष देख्नेबित्तिकै उनलाई काउकुती लागिहाल्थ्यो। उनलाई त्यो पुरुषसँग यौन सम्पर्क गर्ने चाहना तीव्र भएर आउँथ्यो। जीवनमा पहिलो पटक २१ वर्षको उमेरमा कुनै पुरुषसित अँगालोमा बेरिएयता कति जनासँग उनी सक्रियताका साथ रतिक्रियामा संलग्न भइन्, हिजोआज गन्न छाडिसकेकी छन्। यतिबेला भने उनलाई लागेको छ, उनलाई पक्कै कुनै रोग हुनुपर्छ, नत्र किन आफ्ना साथीभाइलाई नहुने प्रतिक्रिया उनको जिउले देखाइरहन्छ ? कमलाले साथीहरुसँग घुमाउरो पाराले आफ्नो समस्याबारे सल्लाह नगरेकी होइनन्, सबैले उनी ‘सेक्सुअल्ली एक्टिभ’ भएको प्रतिक्रिया दिए। यो सक्रियता तुलनात्मक रुपमा ‘अलि बढी’ नै भएको पाएपछि उनी चिकित्सककहाँ गइन्। विगत ६ महिना यता उनी उपचाररत छिन्। उनी अहिले पनि आफ्नो चाहना पूरा गर्न एक युवकसँग लिभिङ टुगेदरमा छिन् र ‘आवश्यक परेका बेला’ अन्य युवासँग सम्पर्कमा रहिरहन्छिन्। ०००

कमला मात्र होइन, अहिले २१ वर्षीया दिलाशा पनि आफ्नो समस्या बोकेर चिकित्सककहाँ पुगेकी छन्। उनले इन्टरनेटमा आफ्नो समस्याका बारेमा खोजिनिधि गर्दा आफूलाई एक जनाबाट मात्र यौन सन्तुष्टि नपाइने रोग लागेको पत्तो पाइन्। यसपछि उपचारका लागि अहिले चिकित्सकहरुसँग सम्पर्कमा छिन्।
एक चिकित्सक भन्छन्, ‘उहाँको उपचारपछि समस्या कम हुँदैगएको मैले प्रत्यक्ष अनुभव गरेको छु।’
०००

सम्बन्धित समाचार

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रक्तदान कार्यक्रम

कोभिड हुँदा यी चार भिन्न समस्या

मस्तिष्कले नै शरीरलाई निर्देशित गर्ने भएकाले यसलाई स्वस्थ र फिट राख्न आवश्यक पर्छ

यस्तै समस्या बोकेर एक चिकित्सककहाँ तीन महिनाअघि ४५ वर्षे एक विवाहित पुरुष पुगे। जति जनासँग यौन सम्पर्क गरे पनि यौन सन्तुष्टि लिन नसकेको समस्या बोकेर उनी त्यहाँ पुगेका थिए। सन्तुष्टिको अभावका कारण उनले यौन जोडी परिवर्तन गरिरहने समस्या थियो। आफ्नो तीव्रता मेट्न उनी प्रायः श्रीमतीलाई माइत पठाइदिने र यौनकर्मीकहाँ पुग्ने गर्थे।
जब घरमा पारपाचुके नै होला भन्ने डर बढेर गयो, उनी चिकित्सकसँग सम्पर्क गर्न पुगेका थिए।
०००

यस्तै अर्को एउटा बाहिरबाट हेर्दा स्वस्थ देखिने पतिपत्नी पनि यौनकै समस्या बोकेर चिकित्सककहाँ पुगेका थिए। पतिको पत्नीसँग गुनासो थियो। आफूले जतिसुकै मिहिनेत र प्रयत्न गरे पनि पत्नीलाई ‘खुसी’ दिन नसकेकोमा उनी गुनासोको पोको बोकेका थिए। यति मात्र होइन, पत्नीको बढीभन्दा बढी मागका कारण आफूलाई यौनबाटै वितृष्णा लागेको समेत दुःख पोखेका थिए।
०००

संसारभरि नै सेक्सुअल डिसअर्डरमाथि भएका अध्ययनले कम्तीमा चार प्रतिशतमा यस्तो रोग भएको देखाएको छ। त्यसो त महिलामा उमेर बढ्दै जाँदा यौनेच्छा कम हुँदै जाने प्रक्रियालाई सहज रुपको मानिए पनि ३५ वर्षको उमेर कटेका महिलामा समेत यौनेच्छा तीव्र देखिनु मानसिक रोगको एउटा पाटो भएको चिकित्सकहरुको भनाइ छ। महिलामा हुने तीव्र यौनेच्छा र लतलाई चिकित्सकीय भाषामा ‘निम्फोमेनिया’ भनिन्छ भने पुरुषहरुमा हुने यौनेच्छा र लतलाई ‘स्याटिरियासिस’ भनिन्छ।

आफूकहाँ उपचार गर्न आउने कतिपय महिलालाई जाँच गरी हेर्दा ‘निम्फोमेनिया’का अनेकन् स्वरुपमध्ये एउटा ‘बाइपोलार अफेक्टिभ डिसअर्डर’ भएको मनोचिकित्सक डा. कपिलदेव उपाध्यायले आफ्नो अध्ययनमा पाएका थिए। ‘उहाँको उपचारपछि यौन असन्तुष्टिको जुन चरम अवस्था थियो, त्यो समाधान भयो,’ उनले भने, ‘अधिकांश अवस्थामा आफ्ना रोगका बारेमा पार्टनरसँग छलफल नचलाउँदा यो रोगले च्याप्दै लैजाँदा महिलाहरु ठूलो समस्यामा पर्ने गर्छन्।’

आखिर कोही किन सक्रिय हुन्छ ?
मनोचिकित्सकका अनुसार बाइपोलार अफेक्टिभ डिसअर्डर भएको अवस्थामा स्त्री÷पुरुष दुवैलाई एकभन्दा बढी पुरुष वा स्त्रीसँग यौन सम्पर्क गर्ने चाहना तीव्र भएर आउँछ। मेनियाका विभिन्न लक्षणहरुमध्ये यौन चाहना तीव्र रुपमा बढ्नु पनि एक हो। यो समस्या भएका व्यक्तिमा जतिसुकै धेरै व्यक्तिसँग यौन सम्पर्क गरे पनि सन्तुष्टि नपाउने समस्या हुन्छ। डा. उपाध्याय भन्छन्, ‘यस्तो समस्या भएका व्यक्तिमा जति धेरैसँग यौन सम्पर्क गरे पनि झन् इच्छा बढ्दै जान्छ।’

यौन तृष्णाको रोग
एक्सेसिभ (असामान्य) सेक्सुअल डिजायरको समस्या लिएर व्यक्तिहरु मनोचिकित्सककहाँ पुगिरहन्छन्। यस्तो समस्या भएका व्यक्तिमा एकपछि अर्को गर्दै यौन जोडी परिवर्तन गरिरहने समस्या हुन्छ। वैवाहिक सम्बन्धमा रहेका जोडीले वैकल्पिक यौन जोडीसँग यौन क्रियाकलाप गर्न खोज्नुलाई चिकित्सकीय भाषामा ‘इन्फेडिलिटी’ भनिन्छ।

मेट्रो अस्पतालका मनोचिकित्सक डा. आलोक झा यौन जोडी फेरिरहने समस्यालाई विभिन्न रोगको लक्षणका रुपमा लिन्छन्। डा. झा भन्छन्, ‘मेनियाको समस्या भएका व्यक्तिले यौन जोडी परिवर्तन गर्नु समस्यामध्येको एउटा लक्षण हो।’

यौन सम्पर्कको अभाव, यौनजोडी बीचको भावनात्मक सम्बन्धमा आएको दरार तथा मानसिक रोगको समस्या भएको अवस्थामा व्यक्तिमा वैकल्पिक यौन जोडीसँग लिप्त हुने लक्षण देखिन्छ।

पछिल्लो समय त यौन जोडीबीच राम्रो सम्बन्ध रहँदारहँदै पनि वैकल्पिक यौन जोडी खोज्ने र त्यसबाट समस्या निम्त्याउने क्रम बढ्दो देखिएको डा. झाको बुझाइ छ।

अध्ययनअनुसार अमेरिकामा करिब तीस प्रतिशत व्यक्तिले वैकल्पिक यौन जोडीसँग सम्बन्ध राख्ने गर्छन्। जबकि त्यहाँ ९० प्रतिशत व्यक्तिले वैकल्पिक यौन जोडीसँग यौन सम्पर्क राख्न नहुने तर्क गर्ने गर्छन्।

नेपालमा पनि पछिल्लो समय एकभन्दा बढी सेक्स पार्टनर खोज्ने प्रवृत्ति बढेको डा. झाको अध्ययनले देखाएको छ। यस्तो प्रवृत्ति बढ्नुमा समाजमा क्रमशः साइको सेक्सुअल डिसअर्डर बढेको हो कि भन्ने उनको आशंका छ। साइको सेक्सुअल डिसअर्डर यौन विचलनसँग सम्बन्धित एउटा मानसिक रोग हो। यस्तो रोगको समस्या भएको अवस्थामा पनि व्यक्तिले यौन तृप्तिका लागि एकपछि अर्को गर्दै स्त्री/पुरुष दुवैले यौन जोडी परिवर्तन गर्न थाल्छन्।

यौनको लतको समस्या भएका व्यक्तिले एकैदिनमा धेरै यौन जोडीसँग सम्बन्ध बनाउने मनोविद् गोपाल ढकाल बताउँछन्। तिनमा ध्यान केन्द्रित गर्न नसक्ने तथा अतिचञ्चलताको समस्या हुने उनको उपचार अध्ययनका क्रममा देखिएको छ।

‘यस्ता व्यक्तिले यौनको मामलामा पनि कुनै सचेतना नअपनाई सेक्स गर्न अग्रसर भैहाल्छन्,’ मनोविद् ढकाल भन्छन्, ‘यस्तो मानसिक समस्या भएका व्यक्तिको वैवाहिक जीवन अस्तव्यस्त हुन्छ। प्रेम सम्बन्ध पनि लामो समय टिक्न सक्दैन। त्यसमाथि हाम्रो जस्तो समाजमा महिलालाई यस्तो समस्या भयो भने झन् कस्तो होला ?’

व्यक्तिले सामाजिक मान्यता, संस्कार विपरीत यौन क्रियाकलाप गर्नु यौन समस्याको लक्षण रहेको ढकालको धारणा छ। यस्तो क्रियाकलापलाई ‘प्याराफिलिया’ भनिन्छ।

असामान्य तथा अत्यधिक यौन चाहना हुनुलाई मनोचिकित्सकीय भाषामा एक्सेसिभ सेक्सुअल डिजायर (अत्यधिक यौन चाहना)भनिन्छ। यसलाई हाइपर सेक्सुआलिटी पनि भनिन्छ।

कस्ता हुन्छन् यसका लक्षण ?
मनोचिकित्सकका अनुसार यौनको लत भएका व्यक्ति बढीजसो एकान्तमा बस्न रुचाउँछन्। अपरिचित विपरीत लिंगीलाई जिस्क्याइहाल्ने, अश्लील शब्द बोल्ने, यौनको संकेत गर्ने, एकभन्दा धेरै यौनजोडी परिवर्तन गरिरहने, हस्तमैथुन गरिरहनेजस्ता लक्षण तथा व्यवहार देखाउँछन्।

मनोचिकित्सकका अनुसार ‘एक्सिेसिभ सेक्सुअल डिजायर’ भएको व्यक्तिमा पटक–पटक यौनसम्बन्धी सोच आउने, बारम्बार यौनको कल्पना गरिरहने लक्षण देखिन्छन्। ‘यौनको मात्रै कल्पना गर्नु, पोर्नोग्राफी हेरिरहन मन लाग्नु, अपरिचित व्यक्ति देख्दासमेत त्यो व्यक्तिसँग यौन सम्पर्क गर्ने कल्पना गर्नुजस्ता क्रियाकलाप यौनको लत लागेको लक्षण हुन्,’ मनोविद् ढकाल भन्छन्, ‘तुरुन्तै यौन क्रियाकलापमा संलग्न भैहाल्नु एक्सेसिभ सेक्सुअल डिजायरको लक्षण हो। यस्ता समस्या भएका व्यक्तिले एकभन्दा बढी यौन जोडीसँग यौन सम्पर्क गर्ने व्यवहार देखाउँछन्।’

यस्तो मानसिक समस्या भएका व्यक्तिले यौन जोडीको उपलब्धता हुनेबित्तिकै यौन क्रियाकलाप तथा यौन सम्पर्क गर्न खोजिहाल्ने व्यवहार देखाउँछन्।

‘एक्सिेसिभ सेक्सुअल डिजाएर’को समस्या भएका व्यक्ति एक जनासँग मात्रै यौन सम्पर्क गरेर सन्तुष्टि लिन नसक्ने डा. उपाध्याय बताउँछन्। यौन असन्तुष्टिका कारण एकभन्दा बढी यौन जोडीसँग यौन क्रियाकलाप तथा सम्पर्क गर्ने उनीहरु बाध्य हुन्छन्।

‘साधारण भाषामा भन्दा यौनको पटकपटक चाहना तथा जोसँग पायो त्यहीसँग यौन क्रियाकलाप गरिहाल्नु र जति जनासँग यौन सम्पर्क गरे पनि यौन सन्तुष्टि लिन नसक्नु यौन लत हो,’ डा. झा भन्छन्, ‘यस्तो लतलाई सेक्स एडिक्सन पनि भनिन्छ। यस्तो लत लागेको व्यक्तिले यौन जोडी परिवर्तन गरिरहन्छन्।’
यौनको लत लागेका व्यक्तिले प्रेमको नाटक गरेर फँसाउने सम्भावना बढी हुने चिकित्सक सजग गराउँछन्। यस्तो असामान्य व्यक्तिको पहिलो उद्देश्य नै यौन हुन्छ। ढकाल भन्छन्, ‘यौनको लत लागेका यस्ता असामान्य व्यक्तिले यौनजोडी फेरिरहने, एकैसाथ एकभन्दा बढी यौनजोडी बनाउने गर्छन्।’

ओसिडीले हैरान
अत्यधिक यौन चाहना हुने मानसिक समस्या भएका व्यक्तिमा बारम्बार यौन क्रियाकलाप गर्नेे तथा यौन तृप्तिमा मात्रै ध्यान जाने समस्या कम्पल्सिभ सेक्सुअल डिसअर्डर भएको ढकाल बताउँछन्।

अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (ओसिडी)मा एउटै सोच तथा विचार बारम्बार पैदा हुने, पटक–पटक एउटै क्रियाकलाप दोहो-याइरहने र क्रियाकलाप असामान्य रुपमा पटकपटक दोहोरिरहने गर्छ। यौनका मामिलामा पनि ओसिडी हुनसक्ने चिकित्सकहरु बताउँछन्।

मनमा यौनसँग सम्बन्धित सोच तथा कल्पना बारम्बार आउन सक्छ। यसरी बारम्बार सोच आउनुलाई अब्सेसन भनिन्छ। यौनको कल्पना र सोच आएपछि अस्वभाविक रुपमा यौन क्रियाकलापको व्यवहार व्यक्तिले बढी देखाउन थाल्छन्। एक्लै हस्तमैथुन गर्ने, पोर्न फिल्म तथा भिडियो हेर्ने, अप्राकृतिक यौन क्रियाकलाप गर्ने, सेक्स टोय प्रयोग गर्नेजस्ता व्यवहार अस्वाभाविक यौन क्रियाकलाप हुन्।

यौन तृप्ति जाग्ने कारण
यौन तृप्ति मेट्नका लागि एकभन्दा बढी यौनजोडीसँग यौन सम्पर्क गर्नुका पनि विभिन्न कारण हुने चिकित्सकहरु बताउँछन्। ‘हाम्रो मस्तिष्क प्रणालीमा भएको गडबढी, स्नायु प्रणालीमा हुने विकारजस्ता कारणले व्यक्तिमा यस्तो समस्या हुनसक्छ,’ मनोविद् ढकाल बताउँछन्।

मस्तिस्कमा चोटपटक, मस्तिष्कमा ट्युमर, कुनै किसिमका मस्तिष्क संक्रमणको कारणले हुने गडबडी, शरीरमा यौन हार्मोन बढी मात्रामा सक्रिय हुनुजस्ता कारणले यौन सन्तुष्टि लिन नसक्ने रोग लाग्न सक्छ। मेनिया (मुड डिसअर्डर), बोर्डरलाइन पर्सनालिटी डिसअर्डर, सिजोफ्रेनियाजस्ता मानसिक रोग लागेको अवस्थामा व्यक्तिले यौनजोडी फेरिरहने व्यवहार देखाउन सक्ने डा. उपाध्याय बताउँछन्।

व्यक्ति एकांकी र उदासीन भएको अवस्थामा समेत एकभन्दा बढी यौन जोडीसँग यौन सम्पर्क गर्दै यौन जोडी परिवर्तन गरिरहन सक्छ। मनोविद् ढकालले भने, ‘व्यक्ति बाल्यकालमै यौन हिंसा, बलात्कार, शारीरिक तथा मानसिक शोषण भएको अवस्थामा मनोवैज्ञानिक समस्याका कारण यस्तो रोग लाग्छ।’
तुरुन्तै भावनामा बग्ने, उत्तेजित तथा आवेगात्मक स्वभाव भएका व्यक्तिमा भावनात्मक समस्याका कारण सानो कुरामा पनि प्रभावित हुँदा यौनको लत पर्न सक्छ।

हार्मोनको खेल
पुरुषमा टेस्टोस्टेरोन र महिलामा स्ट्रोजेन जस्ता यौन हार्मोनको बढी सक्रिय भएको अवस्थामा पनि यौनसम्बन्धी समस्या हुने डा. उपाध्याय बताउँछन्। हार्मोनको प्राकृतिक कारण पुरुषहरु बढी सक्रिय हुन्छन्। यौनको मामलामा महिलाको तुलनामा पुरुष बढी सक्रिय हुने भएकाले पुरुषले यौन जोडी फेरिरहने समस्या बढी देखिन्छ।

मनोचिकित्सक झाले भने, ‘१२ प्रतिशत महिला र २० प्रतिशत पुरुषले वैकल्पिक यौन जोडीसँग यौन सम्बन्ध राखेको पाइन्छ।’ त्यसैले पुरुष बढी यौनको यस्तो समस्या लिएर परामर्शका लागि मनोचिकित्सककहाँ पुग्ने गरेको डा. उपाध्यायले बताए।
व्यक्तिले नयाँनयाँ अनुभव गर्न खोज्ने भएकाले पनि फरक–फरक यौन जोडीसँग यौन सम्पर्क गर्न पुग्ने चिकित्सक बताउँछन्। यसरी एकपछि अर्को यौन जोडीसँग यौन सम्पर्क गर्ने बानी पर्दा सेक्स एडिक्सन बढ्दैै जान्छ।

यौन शिक्षाको कमी
यौन शिक्षाको कमी, यौन आवेगको असन्तुलन, अश्लील सामग्रीको सहज पहुँच, व्यक्तिको सहज सम्पर्क, चलचित्रको प्रभावजस्ता कारणले वैकल्पिक यौन जोडी फेर्न हिजोआज सहज भएकाले पनि मल्टिपार्टनरको समस्या बढिरहेको ढकाल बताउँछन्।

यौनको अस्वाभाविक र खुला रुपमा यौन क्रियाकलाप गर्ने रुचि बढ्दै जाँदा यस्तो समस्या उत्पन्न भइरहेको केही चिकित्सकहरुको राय छ। ‘पहिला यौन भन्ने कुरा लुकाएर गरिन्थ्यो, हिजोआज यो खुला हुन थालेको छ,’ ढकाल भन्छन्, ‘जति बढी खुला भयो, उति बढी यौन पार्टनर बढ्ने सम्भावना हुन्छ। अहिले यौन पार्टनर बढ्नुका अनेक कारणमध्ये खुलापन पनि एउटा हो।’

यस किसिमको अध्ययन नभएका कारण ठोकुवा गर्न नसकिए पनि समस्या लिएर आउने यौनजोडीको ट्रेन्ड हेर्दा मल्टिपार्टनर खोज्ने प्रवृत्ति मात्र बढेको छैन, यसले निम्त्याउने समस्या पनि बढाइरहेको मनोविद् ढकाल बताउँछन्।

यौन अनुशासनको कमी, नैतिक पतन, यौनकर्मीको उपलब्धताजस्ता कारण यस्ता क्रियाकलाप पनि बढिरहेको अध्ययनले देखाएको छ। पछिल्लो एक अध्ययनअनुसार त करिव ३० प्रतिशत किशोर–किशोरीले वयस्क हुनुअघि नै यौन सम्पर्क गरेको पाइएको छ। एक पटक यौनआनन्दको स्वाद पाएपछि किशोरकिशोरीहरु यसैमा लिप्त हुने र पटकपटक यौन सम्पर्क गर्ने गरेको अध्ययनले देखाएको ढकाल बताउँछन्।

पारिवारिक वातावरण, यौन अनुशासनको अभाव, हीनताबोध जस्ता कारणले यौनको लत लाग्ने गर्छ। बुबाआमाको सम्बन्धमा दरार तथा सम्बन्ध विच्छेद, अभिभावकको सिकोजस्ता कारण पनि यो समस्या बढाउने कारक हुन्। कतिपय व्यक्तिमा त अस्वभाविक लत वंशाणुगत कारणले समेत हुने गर्छ। बुबा–आमाको धेरै  यौन जोडीसँग सम्बन्ध भए छोराछोरीमा पनि सोही लतको विकास हुने मनोचिकित्सकको तर्क छ।

यस्तो छ, अवस्था र जोखिम
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा पुरुषको आफ्नो जीवनकालमा औसतमा दुई जना भन्दा बढीसँग यौन सम्बन्ध हुने गर्छ।

यस्तो सम्बन्ध राख्नेको संख्या तीन प्रतिशत रहेको छ। यिनै दुई प्रतिशत पुरुषले आफ्नो जीवनकालमा दुई वा सो भन्दा बढी यौन जोडी भएको बताएका थिए। त्यस्तै यी दुई प्रतिशत पुरुषमध्ये पनि निकै कमले मात्र यौन सम्पर्कको क्रममा कण्डमको प्रयोग गर्ने गरेको बताएका थिए। यसबाट पनि एकभन्दा बढी यौन जोडीसँग यौन सम्पर्क गर्दा व्यक्ति असुरक्षित रुपमा यौन सम्पर्क गर्ने गर्छन् भन्ने देखिएको मनोविद् ढकालको तर्क छ।

जति बढी यौन यौन जोडी भयो, उति एड्स लगायतका यौन रोगको जोखिम बढ्ने चिकित्सकहरुको भनाइ छ। विश्वमा झण्डै चार करोड व्यक्तिमा एचआइभी संक्रमण भएको अनुमान छ। राष्ट्रिय एड्स तथा यौन रोग निवारण केन्द्रका अनुसार नेपालमा २९ हजार नौ सय ४४ जनामा एचआइभी संक्रमण भएको अनुमान छ। जसमध्ये पुरुषको संख्या १७ हजार सात सय ३२ र महिलाको संख्या १२ हजार दुई सय १२ रहेको छ। नेपालमा करिब ७६ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको पाइन्छ। सिभिल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ (डर्माटोलोजिस्ट) डा. रवीन्द्र शर्मा एक भन्दा बढी यौन जोडीसँग असुरक्षितरुपमा यौन सम्पर्क गर्नाले विभिन्न यौन रोग सर्नेतर्फ सजग गराउँछन्। शर्मा भन्छन्, ‘दैनिकजसो व्यक्ति यौन रोगको समस्या लिएर अस्पताल आउने गरेका छन्। असुरक्षित यौन सम्पर्क गर्नाले गोनोरिया तथा क्लाइमेडिया, सिफिलिसजस्ता यौन रोग त अधिकांशमा देखिन्छ।’

बलात्कार बढ्ने !
बढीभन्दा बढी यौन पार्टनरमा रुचि राख्नेहरुको पारिवारिक, आर्थिक, सामाजिक जीवन अस्तव्यस्त त हुन्छ नै, पटकपटक यौनको सोच आउने तथा यौन क्रियाकलापको लत लागेका व्यक्तिले यौन तृष्णाको आवेगलाई नियन्त्रण गर्न नसक्दा बलात्कार गर्ने जोखिमसमेत बढेर जाने चिकित्सकहरु बताउँछन्। जति जनासँग यौन सम्पर्क गरे पनि यौन सन्तुष्टि लिन नसक्ने समस्या मानसिक समस्या भएकाले तिनको वैवाहिक जीवन अस्तव्यस्त हुने डा. उपाध्याय बताउँछन्।

श्रीमान–श्रीमतीसँगै भएको अवस्थामा पनि यौनको लत (सेक्स एडिक्सन) को समस्या भएका व्यक्तिमा चरम यौन असन्तुष्टि हुने भएकाले वैकल्पिक यौन जोडीसँग खोज्ने चिकित्सकहरु बताउँछन्। वैकल्पिक यौन जोडीसँग पनि सन्तुष्टि बढ्दै जाँदा पारिवारिक कलह निम्तिने र त्यसका कारण बालबालिकामा मानसिक समस्या देखिनेतर्फ मनोचिकित्सक सजग गराउँछन्।

एकातर्फ यस्ता व्यक्तिको यौन लतको जोखिम हुने त अर्कोतर्फ लतका कारण मानसिक तनाव उत्पन्न भई डिप्रेसनमा पुग्ने जोखिम पनि उत्तिकै हुने डा. झा सजग गराउँछन्। ‘यस्ता व्यक्ति समाजबाट एक्लिने, पारिवारिक कलहमा फँस्ने, तनावका कारण व्यक्ति कुलतमा लाग्ने तथा हीनताबोधका कारण मृत्युका सोच आउने जोखिम हुन्छ,’ डा. झा बताउँछन्।

उपचार सम्भव छ
यस्तो समस्या हुनै नदिन यौन जोडीबीच सम्बन्ध सुमधुर हुनुपर्ने डा. झाको सुझाव छ। वैवाहिक जोडीले एक आपसमा भावना साट्नाले सन्तुलित यौन सम्पर्क हुने भएकाले वैकल्पिक यौन जोडीको लतमा फँस्ने सम्भावना कम हुने उनी बताउँछन्। उनी भन्छन् ‘गहिरो पे्रमका कारण यौन जोडीबीच समर्पण भाव हुने भएकाले वैकल्पिक यौन जोडीको लतमा फँस्ने सम्भवना कम हुन्छ।’ वैवाहिक जोडी विवाहपश्चात सँगै बस्नु उपयुक्त हुने मनोचिकित्सक सुझाउँछन्।

यदि कसैमा सेक्ससम्बन्धी मेनिया भएकै अवस्थामा पनि उपचार गरेको खण्डमा समस्या ठीक हुने चिकित्सक बताउँछन्। कतिपय व्यक्तिलाई आफू यस्तो यौन रोग तथा समस्यामा परेको छु भन्नेसमेत थाहा हुन्न। रोगबारे अनभिज्ञता बढ्दै गए र रोगले च्याप्दै लगे उपचार गर्न कठिन हुने मनोविद् ढकालले बताए। मेनिया लगायतका मानसिक रोगको समस्याका कारण यस्तो लत लागेको अवस्थामा परामर्श तथा औषधी सेवनपछि ठीक हुने मनोचिकित्सक बताउँछन्।

डा. झा भन्छन्, ‘सेक्सुअल एडिक्सनमा परेको व्यक्तिका लागि हार्मोनलाई सन्तुलित गर्ने औषधी प्रयोग गर्न सकिन्छ।’ पुरुषमा यौन चाहना अत्यधिक भएको अवस्थामा टेस्टोस्टेरोन हार्मोन कम गरिन्छ भने महिलाको शरीरमा सेरोटोनिन हार्मोनको मात्रा बढाउने औषधी प्रयोग गरिने मनोचिकित्सकले बताए। यस्तो उपचारपछि समस्या कम हुन्छ। हार्मोनको समस्याका कारण यस्तो समस्या भएको अवस्थामा हार्मोनको उपचारपछि समस्या समाधान हुन्छ।
साइको थेरापी र औषधी उपचारपछि यस्तो समस्या समाधन गर्न सकिने भएकाले कग्नेटिभ बिहेभियरल थेरापी गर्नु उपयुक्त हुने मनोविद् ढकाल बताउँछन्। हार्मोन थेरापीको प्रयोगबाट पनि यौन हार्मोनलाई सन्तुलनमा ल्याउन सकिने उनको राय छ।

‘व्यक्तित्वले यौन जोडी परिवर्तन’
गोपाल ढकाल,मनोविद्

हिस्टेयोनिक पर्सनालिटीको समस्या भएको व्यक्तिमा पनि एक भन्दा बढी यौन जोडी परिवर्तन गरिरहने समस्या हुन सक्छ। हिस्टेयोनिक पर्सनालिटी भनेको व्यक्तित्वसम्बन्धी समस्या हो। यो समस्या भएको व्यक्तिको अन्य व्यक्तिसँगको सम्बन्ध गहिरो नहुन सक्छ। हिस्टयोनिक पर्सनालिटी समस्या भएका व्यक्तिलाई अन्य व्यक्तिले प्रशंसा गर्दा फुरुंग हुन्छन्। यस्ता व्यक्तिमा अरुले आफूलाई ध्यान दिऊन्, माया–प्रेम गरुन् भन्ने चाहना हुन्छ। यस्तो व्यक्तित्व प्राप्तिका लागि आफ्नो प्रशंसा गर्ने व्यक्तिसँग माया पाइरहन मायाको नाटक गरेर प्रशंसा गरी फाइदा लिने सम्भावना बढी हुन्छ। यस्तो समस्या भएका व्यक्तिका यौन जोडी धेरै हुन सक्छन्। महिलाको स्वभाव अन्य व्यक्तिले आफ्नो प्रशंसा गरिदियोस् भन्ने हुन्छ। यस्ता महिला चाँडै फँस्ने जोखिम हुन्छ।

पर्सनालिटी डिसअर्डर धेरै किसिमका हुन्छन्। जसमध्ये एन्टिसोसिअल पर्सनालिटी डिसअर्डर, बोर्डरलाइन पर्सनालिटी डिसअर्डर, अभोइड पर्सनालिटी डिसअर्डर, इमोस्नल्ली अनस्टेबल पर्सनालिटी डिसअर्डरजस्ता समस्या भएको व्यक्तिले एकभन्दा बढी यौन जोडी बनाउने सम्भावना धेरै हुन्छ।

एन्टिसोसिअल पर्सनालिटी डिसअर्डर भएको व्यक्तिले सामाजिक मूल्य मान्यता तथा कानुन उल्लंघन गर्न खोज्छ। यस्तो समस्या भएका व्यक्तिले यौनको मामलामा पनि एक भन्दा बढी यौन जोडीसँग सहवास गर्न खोज्ने, सहवास गरेर बदला लिन खोज्ने, बदनाम गर्ने स्वभाव हुन्छ।

बोर्डरलाइन पर्सनालिटी डिसअर्डर भएका व्यक्तिले एक्लोपनको महसुस गर्ने, भावनात्मक रुपमा अस्थिरता हुने र यौनको मामलामा पनि अस्थिरता हुन्छ।

त्यसैगरी अभोइडेन्ट पर्सनालिटी डिसअर्डर भएको व्यक्ति पनि एक्लै बस्ने (एकलकाँटे) स्वभावका हुन्छन्। यस्ता व्यक्तिले आफ्नो निराशा यौन जोडी वा यौनको माध्यमद्वारा पोख्न खोज्दा व्यक्तिले एकभन्दा बढी यौन जोडी बनाउन पुग्छन्।

त्यसैगरी इमोस्नल्ली अनस्टेबल स्वभाव भएका व्यक्ति पनि छिट्टै भावनामा बगेर कसैले यौनको प्रस्ताव गरेको खण्डमा तुरुन्तै राजी हुन सक्छन्। यस्तो समस्या भएको अवस्थामा कारण पत्ता लगाएर मनोपरामर्श समेत दिनुपर्ने हुन्छ।

यौन रोग र समस्या फरक विषय हुन्। यौन तथा प्रजनन् अंगमा शारीरिक समस्या निम्तनु यौन रोग हो भने यौन रुचि, यौन स्वभाव, यौन क्रियाकलापमा असामान्य लक्षण देखिनु यौन समस्या हो।

यौनमा आत्मियता आवश्यक
डा. आलोक झा,मनोचिकित्सक

परिस्थितिजन्य कारण पनि मल्टिपार्टनरको समस्या उत्पन्न हुनसक्छ। श्रीमान् वा श्रीमती टाढा भएको अवस्थामा वैकल्पिक यौन जोडीसँग आनन्द लिन व्यक्तिहरु यस्तो यौनको लतमा फँस्न सक्छन्।

यौनजोडीबीच गहिरो प्रेमको अभावमा यौन सम्बन्ध भए पनि सम्बन्धमा दरार उत्पन्न भई वैकल्पिक सम्बन्धमा रमाउने कोसिस गर्दा यौनको लतमा पर्न सक्छन्। त्यसैले यौन जोडीबीच माया प्रेम भए पनि सन्तुलित यौन सम्पर्क नभएको अवस्थामा व्यक्तिले वैकल्पिक व्यक्तिसँग यौन सम्पर्क गर्ने सम्भावना देखिन्छ। यस्तो समस्यालाई ‘अनकन्जुमेटेड म्यारिज’ भनिन्छ। ‘क्लस्टर बी पर्सनालिटी डिसअर्डर’को समस्या भएका व्यक्तिले पनि एकपछि अर्को यौन जोडीसँग रमाउने चाहना गर्न सक्छन्।

साभार: शुक्रबार साप्ताहिक

पहिलाको समाचार

कोरोना संक्रमणको अवस्थामा यौन सम्पर्क नगरेकै उचित

अर्को समाचार

मस्तिष्कले नै शरीरलाई निर्देशित गर्ने भएकाले यसलाई स्वस्थ र फिट राख्न आवश्यक पर्छ

संबन्धित Posts

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रक्तदान कार्यक्रम
स्वास्थ्य

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रक्तदान कार्यक्रम

२०७७ कार्तिक १७
0
कोभिड हुँदा यी चार भिन्न समस्या
स्वास्थ्य

कोभिड हुँदा यी चार भिन्न समस्या

२०७७ कार्तिक १२
0
मस्तिष्कले नै शरीरलाई निर्देशित गर्ने भएकाले यसलाई स्वस्थ र फिट राख्न आवश्यक पर्छ
स्वास्थ्य

मस्तिष्कले नै शरीरलाई निर्देशित गर्ने भएकाले यसलाई स्वस्थ र फिट राख्न आवश्यक पर्छ

२०७७ अशोज ७
0
अर्को समाचार
मस्तिष्कले नै शरीरलाई निर्देशित गर्ने भएकाले यसलाई स्वस्थ र फिट राख्न आवश्यक पर्छ

मस्तिष्कले नै शरीरलाई निर्देशित गर्ने भएकाले यसलाई स्वस्थ र फिट राख्न आवश्यक पर्छ

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८
0

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In