काठमाण्डौ l मुलुकभर कोरोना संक्रमितहरुको संख्या वृद्धिसँगै रगतको आवश्यता बढिरहेको अवस्थामा यसलाई केही सहयोग पुर्याउने उद्देश्यसहित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले रक्तदान कार्यक्रमको आयोजना गर्यो।
कात्तिक १५ गते काठमाण्डौ एयरपोर्ट छेउ शम्भुमार्गमा कोभिड १९ महामारीको विरुद्धको लडाईंमा सम्पूर्ण नेपालीहरुको एकता प्रदर्शन गर्दै रक्तदान गरौं भन्ने मूल नारासहित रक्तदान भएको थियो। कान्तिपुर अस्पतालको प्राविधिक टोलीले रक्तदान कार्यक्रममा प्राविधिक सहयोग पुर्याएका थिए ।
रक्तदान नै जीवनदान हो भन्ने बुझेर यस उल्लेखनीयका कार्य गर्ने ४३ जना रक्तदाताहरुमा पाल्देन तामाङ, घनश्याम लिम्बु, बिशाल राई, मिक्तोक इवाहाङ सडकबहादुर लिम्बु, रुपेश लामा, तेम्बा लामा, प्रेम लामा, मिङमार लामा, प्रितम लिम्बु, सुन्दर लिम्बु, प्रयास बान्तवाराई, सबिना थाम्सुहाङ, सरोज आलेमगर, रबिन गुरुङ, निमा लामा, बन्दना लिम्बु, मनोजकुमार सुनुवार, दिपक लिम्बु, रनबहादुर रम्तेल, युरोप लिम्बु, दुर्गाराज लिम्बु, रामप्रसाद श्रेष्ठ, कृष्ण बस्नेत, मनोज लिम्बु, सपना राई, राकेश कुमार, केबी नेम्बाङ, प्रताप लिम्बु, फूङमा लिम्बु, तेन्जी शेर्पा, शान्ता नेम्बाङ, प्रविन लिम्बु, निमा लामा, राजु तामाङ, अनिता गुरुङ, बिनोद बिष्ट, छिरिङ लामा, सन्तोष बिष्ट, गंगा ‘दिपा’ लिम्बु, दोर्ण सङबाङफे, साम्योन सुब्बा थिए।
Discussion about this post