माङसेबुङ :ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका खेजेनिमस्थित निर्माणाधीन हाङ्साम खाम्बुलिङ नाहाङमायक माङ्हिममा तोडफोड भएको प्रति किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको गम्भीर ध्यानाकर्षण भएको छ ।
किरात धर्मको मुल उदेश्य भनेको बिश्व शान्ति तथा मानव एकता कायम गर्ने हो । आफ्नो उदेश्यको परिपुर्तिको निमित्त आफ्नै शान्तिको मार्गमा लागीरहेको यस धार्मिक संस्थाको उदेश्य तथा शान्तिको मार्गलाई भत्काउन खोज्ने यि नकारात्मक सोच र बिचार लिएका अज्ञात अपराधिक समूहद्वारा गरिएको यस किसिमको विध्वंकारी, अमानवीय क्रियाकलाप यो पहिलो होइन यस भन्दा पहिले पनि यस प्रकारका धेरै विध्वंसकारी, असामाजिक तथा अपराधिक कार्य भएको विज्ञप्तिमा भनिएको छ ।
संघको राष्ट्रिय समितिका अध्यक्ष रामकुमार सिंथेबे र लालबहादुर लिङ्देनद्धारा हस्ताक्षरित सो विज्ञप्तिमा तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको त्रिवेणी संगमस्थल मेन्छयायेम कोक्मा डाडामा निर्माणाधीन किरात मेन्छयायेम युमा माङ्हिङ तोडफोड गरि भत्काउने काम गरेको, फक्ताङ्लुङ गा। पा। ६ साविक लेलेप(१, तागेरानिङ्वाभु फुकु कोपियकमा महागुरु फाल्गुनन्द लिङ्देनको सालिक स्थापनार्थ तयारी अवस्थामा पुगेको स्थलमा तोडफोड आगजनी जस्ता धेरै पटक भइसकेकोलाई पनि पुनः ध्यानाकर्षण गराएको छ ।
यस्ता घटना किरात धर्मावलम्बिहरुको आस्थामाथिको जघन्य आक्रमणमात्र नभएर नेपाल सरकारले राष्ट्रिय विभूति का रूपमा सम्मानित गरेको महागुरु फाल्गुनन्द लिङ्देन प्रतिको अपहेलना भनेको मुलुकको समेत अपहेलना भनिएको छ ।
यस्ता पटके अपराधीहरुलाई कानुनको दयरामा नल्याईएमा यस्ता अपराधीहरुको मनोबल बढि धर्मनिरपेक्ष, वहुजाती वहुभाषि र वहु धार्मिक देश नेपालको जग हल्लाउने संज्ञापनि दिएको छ ।
स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार सँग अपराधीहरुलाई कडाभन्दा कडा करवाही गर्न माग गर्दै देशमा रहेका विभिन्न धार्मिक स्थलहरुको सुरक्षा गर्न समेत युकेका किरात धर्मावलम्बीहरुले सरकारलाई अपिल गरेको छ ।
गत साउन मा अपराधिक समुहले रातिको समयमा भरिएको ग्यास सिलिण्डर ल्याएर करिब ३० लिटर मट्टीतेल छर्किएर आगजनी गरेको गरेको थियो ।
Discussion about this post