माङ्सेबुङ: ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका खेजेनिमस्थित निर्माणाधीन हाङ्साम खाम्बुलिङ नाहाङमायक माङ्हिममा साेमबार राति तोडफोड भएको प्रती किरात याक्थुङ चुम्लुङ केन्द्रिय समितिले बिज्ञप्ति जारी गरेको छ ।
योगराज वनेमद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ आपसी हित सामाजिक सद्भाव, भातृत्व बैचारिक एबम धार्मिक विविधता सहअस्तित्व सहिष्णुता लगायतमा खलल पुर्याउने विध्वंसकारी कार्य गरेको प्रतीप्रती चुम्लुङ गम्भीर ध्यानाकर्षण गर्दछ ।
अपराधिक समुहले रातिको समयमा भरिएको ग्यास सिलिण्डर ल्याएर करिब ३० लिटर मट्टीतेल छर्किएर आगजनी गरेकाे स्थानीयले बताएका छन् ।
सो घटना प्रती किरात धर्म तथा साहित्य उथान संघ जिल्ला शाखा तेह्रथुमले पनि बिज्ञप्ति जारी गर्यो ।
समितिका अध्यक्ष राजकुमार तेन्युङ तरेबाद्वारा हस्ताक्षरित जारी बिज्ञप्तिमा खालको कार्यले विध्वंसकारी कार्यले अशान्ती पैदा गरेको उल्लेख छ ।
घटनाप्रति अध्यक्ष दिपा लक्सम र महासचिव गुल्सन आङ्बुहाङद्वारा हस्ताक्षरित लिम्बू विद्यार्थी मन्चले पनि बिज्ञप्ति जारी गरेको छ । यसअघि पनि ताप्लेजुङका विभिन्न स्थानमा निर्माणाधीन महागुरू फाल्गुनन्द लिङ्देनको सालिकमा तोडफोड भएको बताइएकाे छ ।
ताप्लेजुङ, तेह्रथुम र संखुवासभा तीन जिल्लाको संगमस्थलमा पर्ने मेन्छ्यायेम कोक्मामा पर्ने निर्माणाधीन मेन्छ्यायेम युमा माङ्हिम, त्यस्तै फक्तालुङ गाउँपालिका ताप्लेजुङ साविक लेलेप गाविसमा पर्ने तागेर निवाभू फुकु कोपियकमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको सालिक निर्माणको अन्तिम चरणमा पुगेको अवस्थामा रातको समयमा तोडफोड भएको उल्लेख गर्दै यस कार्यमा संलग्नको पहिचान गरी कडा कानुनी कारवाही गर्न स्थानीय सरकार तथा नेपाल सरकार समक्ष माग गरेको छ ।
Discussion about this post