माङ्सेबुङ : आगामी २०७८को राष्ट्रिय जनगणनामा किरात धर्मको सहभागीता कसरी बढाउन सकिन्छ भन्ने बिषयमा गत साउन (अगष्ट 15, 2020 ) सम्पन्न भएको छ ।
किरात धर्म तथा साहित्य उथान संघको आयोजना भएको सो भर्चुअल बैठकमा संघका वरिष्ठ उपाध्यक्ष दङ्गधोज खोयाहाङ, मुख्यसचिव सङ्कल्प लिङ्देन, सदस्य सुर्यप्रकाश चेम्जोङ, किरात चोत्लुङ मुहिङगुम अङ्सिमाङ्गेन्ना सेवा समितिका अध्यक्ष केहेरसिङ योङहाङ्का प्रतिनिधि माङ्सेवासामा मनमाया वनेम, सदस्य तथा प्रचार प्रसार बिभाग प्रमुख सुमन लाओती, संघको राष्ट्रिय समिति बेलायतका अध्यक्ष रामकुमार सिङ्थेबे, सचिव लालबहादुर लिङ्देन, संघको काठमाडौ उपत्यका कोषाध्यक्ष अनुप लिङ्देन, किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भो काठमाडौको अध्यक्ष हरि थक्लिहाङ,ताप्लेजुङबाट मुकुम्लुङ युमा माङ्हिमका सचिब ज्ञानु फुरुम्बो चरपे, किरात इङसेका सम्पादक ज्ञानु केदेम, संघको पुर्व संगठन बिभाग प्रमुख एन एस फागो, इन्द्र सेर्मा र संघको काठमाडौ पुर्व अध्यक्ष ज्ञानु इजम, लगायतको सहभागीता थियो ।
संघका अध्यक्ष डकेन्द्रसिङ थेगिमको अध्यक्षतामा उपाध्यक्ष माङमिङसोहाङ लिङदेनले सञ्चालन गर्नुभएको जुम भर्चुअल बैठकले आगमी जनगणना २०७८मा किरात धर्मको सहभागीता र धर्मको महलमा किरात धर्म लेख्न लेखाउनका लागि महत्त्वपूर्ण कार्ययोजना तर्जुमा गर्नुपर्ने बारे अध्यक्ष थेगिमले पेश गर्नुभएको सात बुदामा उल्लेख गरिएका बिषयबस्तुहरुको घनिभुत छलफल भएको थियो ।
अर्को भर्चुअल जुम बैठक आगमी भदौ ६ गते शनिबार (अगस्ट २२, २०२०) का दिन साझ ५ बजे बस्ने भएको छ । सो बैठकमा संघको राष्ट्रिय समिति,जिल्ला समिति माङ्गेन्ना सेवाका सबै माताहत, गुरु निजि आश्रम कृषि समितिका प्रतिनिधिहरु बिच छलफल हुने जनाएको छ ।
पहिलो भर्चुअल बैठकमा काठमाडौ, ताप्लेजुङ, इलाम, झापा, बेलायतलगायतको सहभागी रहेको थियो ।
Discussion about this post