माङ्सेबुङ:राष्ट्रिय विभूति महागुरू फाल्गुनन्द लिङ्देनको निर्माण भइरहेको सालिकमा आगजनी भएको छ ।
ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका खेजेनिमस्थित निर्माणाधीन हाङ्साम खाम्बुलिङ नाहाङमायक माङ्हिममा साेमबार राति तोडफोड भएको हो । अपराधिक समुहले रातिको समयमा भरिएको ग्यास सिलिण्डर ल्याएर करिब ३० लिटर मट्टीतेल छर्किएर आगजनी गरेकाे स्थानीयले बताएका छन् ।
घटनाप्रति किरात धर्म तथा साहित्य उत्थान संघले आपत्ति जनाउदै गम्भीर ध्यानाकर्षण गराएको बिज्ञप्तिमा छ । यसअघि पनि ताप्लेजुङका विभिन्न स्थानमा निर्माणाधीन महागुरू फाल्गुनन्द लिङ्देनको सालिकमा तोडफोड भएको बताइएकाे छ ।
किरात धर्म तथा साहित्य उत्थान संघले यसअघि ताप्लेजुङ, तेह्रथुम र संखुवासभा तीन जिल्लाको संगमस्थलमा पर्ने मेन्छ्यायेम कोक्मामा पर्ने निर्माणाधीन मेन्छ्यायेम युमा माङ्हिम, त्यस्तै फक्तालुङ गाउँपालिका ताप्लेजुङ साविक लेलेप गाविसमा पर्ने तागेर निवाभू फुकु कोपियकमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको सालिक निर्माणको अन्तिम चरणमा पुगेको अवस्थामा रातको समयमा तोडफोड भएको उल्लेख गर्दै यस कार्यमा संलग्नको पहिचान गरी कडा कानुनी कारवाही गर्न स्थानीय सरकार तथा नेपाल सरकार समक्ष माग गरेको छ ।
उसले एक बिज्ञप्ति जारी गर्दै यस्तो घटना गराउने कामलाई विध्वसंकारी, असामाजिक एंवम् अपराधिक गतिविधी भनेको छ ।
केही समयता किरात धर्मलाई आक्रमक रुपमा सामाजिक सन्जाल र भौतिक निर्माणमा क्षती पुर्याउदै आएका कथित युमा साम्यो स्थापना गर्नेहरुनै हुन सक्ने अनुमान गर्न सकिन्छ ।
Discussion about this post