• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
बिहि, जेष्ठ २३, २०८२
Thu, June 5, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
No Result
View All Result
गृहपृष्ठ विचार

महागुरु फाल्गुनन्दका कार्यहरु

आङ्बुहाङ अबोध अविरल

२०७७ अशोज ६
in विचार
0 0
महागुरु फाल्गुनन्दका कार्यहरु : आङ्बुहाङ अबोध अविरल

सम्बन्धित समाचार

महागुरु फाल्गुनन्दका कार्यहरु

किरात प्रदेशको वैज्ञानिक आधारहरु

कोरोनाव्याधि र फाल्गुनन्द दर्शनकाे सान्दर्भिकता

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द सामान्य किसान परिवारमा जन्मनुभयो । निरङ्कुश राणा शासनकालमा वहा“को जीवन बितेको थियो । अनेक अप्ठ्यारा र चनौती माझ मानवताका, प्राणी रक्षा र वातावरण संरक्षणका निम्ति कार्यहरु गर्नुभयो । वहा“को कार्यको उच्च मूल्यांकन गर्दै राज्यले राष्ट्रिय विभूतिका रुपमा विभूषण ग¥यो । महागुरु फाल्गुनन्दका कार्यहरुको कम बहस भएका पक्षहरुबारे यस लेखमा उल्लेख गर्ने प्रयास गरिएको छ ।
मुन्धुम लिपिकरण 
महागुरु फाल्गुनन्दले लिखित मुन्धुमको प्रयोगको थालनी गर्नुभयो । वि.सं. १९८८ बैसाक २४—२८ गते पान्थर लबे्रमा निर्माण गरिएको ‘सत्यधर्म मुचुल्का’ ले मुन्धुमलाई लिपिबद्ध गर्ने उल्लेख गरेको थियो । वहा“ले लामो समयदेखि मौखिक परम्परामा अभ्यास भइरहेको मुन्धुमलाई किरात सिरिजंगा लिपिमा लिपिवद्ध गर्नुभयो ।
‘थेबा—युमा खमा मुन्धुम’, ‘चासोक मुन्धुम’, ‘सोमाङ केमाङ मुन्धुम’, ‘साक्मुरा वदेम्मा मुन्धुम’, ‘साप्पोक चोमेन मुन्धुम’, ‘मेखिम खमा मुन्धुम’, ‘कुसाङ सेमा मुन्धुम’, ‘साम्सामा मुन्धुम’ लगायत दर्जनौं मुन्धुम फाल्गुनन्दका पालामा लिपिवद्ध भएको छन् । वहा“मा माङ लिन्छिङ गरेपछि मुन्धुम भन्नुहुन्थ्यो । चेलाहरुले लेख्थे । चेलाहरु संधै गाउ“मा निर्मित मसी र बा“सका कलमस“गै हिड्ने गर्थे । ती मुन्धुमहरुलाई प्रयोग र अध्यायन गर्न माङहिमहरुको स्थापना गरियो । वहा“का पालामा ताप्लेजुङ, पान्थर, इलाम र भुटानका विभिन्न स्थानहरुमा माङहिमहरु स्थापना भएका थिए । ती माङहिमहरुमा ढोड र दियालो बालेर मुन्धुम पढ्ने गरेको महागुरुका जीवित चेला नरदल फेजोङ सुनाउ“नु हुन्छ ।
वहा“ले लिपिवद्ध गर्नुभएको मुन्धुमलाई सम्पादन र छपाईमा ल्याउने कार्य मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले गर्दै आउनु भएको छ । हाल, नेपाल, भारत (सिक्किम, दार्जिलिङ, आसाम), हङकङ, सिंगापुर, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, जापान, कोरिया, कतारलगायतका स्थानमा प्रयोग भइरहेको छ । माङसेबुङमा मुन्धुम पठनपाठन भइरहेको छ । लिखित मुन्धुमको प्रयोगले मुन्धुमको एकरुपता र साक्षरता वृद्धिमा योगदान गरेको छ । अझ धेरै मुन्धुमहरु लिपिवद्ध हुन बा“की रहेको छ ।
विरामी दुःखीको सेवा
महागुरु फाल्गुनन्दले जीवनको पछिल्लो ३० वर्षको अधिकांश समय विरामी तथा दुःखीहरुको सेवामा बिताउनुभयो । पल्टनमा रह“दा आधुनिक औषधिले निको नभएका विरामीलाई मुन्धुमी विधि र जडिबुटीद्वारा उपचार गर्नुभएको पाइन्छ । यसबारे हेमबहादुर गुरुङ र कुलानन्द दाहालद्वारा वि.सं. २०२३ मा प्रकाशित ‘महागुरु फाल्गुनन्द जीवनी’ संक्षेपमा उल्लेख छ ।
धामी, झा“क्री, या फेदाङमा, साम्बा र डाक्टरले निको पार्न नसकेका अनेकौं विरामीहरुलाई महागुरुले निको पारेर घटनाबारे थुप्रै पुस्तक, लेख र किमदन्ती पढ्न र सुन्न पाइन्छ । वहा“ले नेपाल, भारत, भुटान र वर्माका विभिन्न स्थानमा पुगेर विरामी तथा दुःखीहरुका निम्ति माङसेवा तथा जडीबुटीबाट उपचार गर्नुभयो । वि.सं. १९९३ को बर्खामा भुटानको दागापेलामा ६ महिनासम्म रहनुभयो । त्यसबेला ‘पानाखोला गाउ“की फाट्टिनी माइली सेर्पाको साह्रै पेट दुख्ने विमार थियो । सत्यहाङमालाई दर्शन गरी दुई, चार दाना अक्षता फुकेर ख्वाएपछि उनको पेट दुख्ने विमार आएन । इलाम जीतपुर पारीगाउ“का वलिवन्त (महागुरु फाल्गुनन्दका काका) का श्रीमती युब्रुङमा दीर्घ तीन वर्षदेखि रोगिएका थिए । ‘युब्रुङमाको उपचारको लागि वलिवन्तले अनेक उपाय गरे’ तर पार लागेन । काकाको अनुरोधपछि महागुरु फाल्गुनन्दले माङसेवा गरिदिनुभई, सुनपानी र तीतेपाती पानीले सेसे साङसाङ गर्नुभयो । युब्रुङमा निको हुनभयो । गाउ“ले सबै छक्क परे ।
महागुरुले सर्वसाधारण मात्र नभएर उच्च पदस्त व्यक्तिका परिवार विरामीको पनि सेवा गरिदिनु भयो । ‘वि.सं. २००१ मा काठमाण्डौंका जनरल विक्रम शमसेर जबराको परिवालाई समेत सेवा र उपचार गर्नुभएको थियो । महागुरुलाई वि.सं. १९९०÷०९१ मा राजद्रोहको मुद्दामा पक्राउ गरी काठमाण्डौं लगिएको थियो । त्यस बेला वहा“को अध्यामिक जीवनबारे त्यहा“का उच्च पदस्त व्यक्तिहरुलाई थाहा भएको थियो । महागुरुले दुःखीका निम्ति निशुल्क सेवा गर्नुहुन्थ्यो । वहा“लाई जनरलले ‘उपकार वापत ५ सय रुपैया“ भेटी राखी दिन खोज्दा आफूले उपकार वापत कहिल्यै रुपैया“ पैसा लिने नगरेको बताउनुभयो ।’ महागुरु फाल्गुनन्द जहा“—जहा“ पुग्नुहुन्थ्यो, त्यहा“ विरामीहरुको लाइन लाग्थ्यो । वहा“ले प्राण त्याग्ने केही दिन अघिसम्म पनि भक्तहरुका निम्ति सेवा गरिरहनुभएको थियो ।
लामो समय विराम भएका विरामीहरु वहा“ले उपकार गरेपछि सजिलै निको हुन्थे । वहा“ आफैमा योग साधनाबाट माङगेप्मा (निर्वाण) गर्नुभएको थियो । योग विज्ञानका अनुसार योग साधनका माध्यमबाट मानिसले आफूभित्र रहेको अत्भूत शक्तिलाई कुनै अंगमा केन्द्रित गर्न सक्छन् । यसरी शरिरको कुनै अंगमा केन्द्रित गरेको विरामीलाई उपचार गर्न सकिन्छ । यसलाई ‘रेकी’ भनिन्छ । गौतम बुद्ध, फाल्गनन्द विरामका अगाडी गइदिए पनि बिरामी निको हुने गर्दथे ।
प्रकृति संरक्षण 
महागुरु फाल्गुनन्द जहा“ पुगेपनि सेवा पूजा गर्ने गर्नु हुन्थ्यो । पल्टन जानुअघि र पल्टनपछि हिमाल, डा“डा, खोला, ओढार र मैदानहरुमा सेवा गनुहुन्थ्यो । वहा“ले नेपाल, भारत, भुटान र वर्माका हजारौं स्थानहरुमा सेवा लाउनुभएको जीवनीहरुमा उल्लेख छ । प्रकृतिका सबै तत्वलाई माङको अंशका रुपमा सम्बोधन गर्ने, सेवा गर्ने गर्नुहुन्थ्यो । जसले प्रकृतिस“ग विवेकपूर्ण अन्तक्रिया गर्नुपर्दछ भन्ने चेतको उजागर गर्दछ । जसले खोलानाला, हावापानी, हिमाल, पहाड र समथर भूमिलाई सफा र संरक्षण गर्नुपर्नेमा फाल्गुनन्दको जोड रहेको स्पष्ट पार्दछ ।
महागुरु फाल्गुनन्दले खानेपानीको स्रोत नभएको विभिन्न स्थानमा पानी उमार्नुभयो, कुवाहरु खन्नुभयो । वहा“ पल्टनबाट फिरेपछि पान्थरको चोकमागुस्थित सिलौटी र लब्रेमा लामो समय रहनुभयो । लब्रेमा खानेपानीको समस्या भएपछि सोही स्थानमा खानेपानी उमार्नु भयो । लेखक नविन लिङ्देनका अनुसार पान्थर रविको ‘मुढेमा साधु गुफा माडे चौरमा बस्दा त्यही“ गुफाको किनारतिर पानी उमार्नुभयो ।’ वि.सं. १९८० इलाम जितपुर पारीगाउ“मा ‘वहा“को काका बलिवन्त लिङ्देनको अनुरोधमा १९८०, माङमालुङ छेउ तीनचुलेमा १९८५, १९८६ पान्थर कुरुम्बा १, सिक्तेम्बाको थोक्पेत्चम्मा सानु डा“डामा र १९९४ इलामकै इभाङ चिम्भुवामा पानी उमार्नुभएको थियो । निपानी स्थानहरुमा फाल्गुनन्दले महागुरु फाल्गुनन्दले उमार्नुभएको पानी आजसम्म पनि उपभोग भइरहेको छ । वहा“ले स्वदेश विदेशका दर्जनौं स्थानमा पानी उमार्नुभएको वहा“को जीवनीमा उल्लेख छ । ती पानीका स्रोतहरु आससम्म पनि मानिसहरुले उपभोग गरिरहेका छन् ।
निपानी जग्गामा पानीको मुहान फुटाउनुमा वहा“मा भूमिगत पानीका स्रोतबारे विशेष पहिचान थियो । पानीका मुहानलाई टिकाउन वृक्षारोपण गर्नुहुन्थ्यो । लब्रे शुरुमा नाङगो डा“डाको रुपमा रहेका थियो । महागुरु फाल्गुनन्दले दार्जिलिङको भूसपाते र नेपालका विभिन्न स्थानबाट विरुवाहरु ल्याएर वृक्षारोषण गर्नुभयो । सो स्थानको विरुवा नकाट्न एउटा सत्यधर्म मुचुल्का बा“ध्नुभयो । जंगल बढेपछि पानीको स्रोत बढ्ने भयो ।
महागुरुले थुप्रै स्थानहरुमा पहिरो थाम्नु भएको थियो । १९७८ बैसाकमा चोकमागुका सुब्बा हर्कधोजले ‘मेरो जग्गामा हिउ“दो वर्ष बगिरहने पहिरो छ, त्यसलाई रोकिदिनु’ भनेपछि वहा“ले सेवा लगाइदिनु भयो । पैह्रो थामियो । एकलपल्ट थुम मिक्लुक (हाल इलामको साक्फारा ८) कालीखोला र बुबाना खालाशिरमा ‘ठूलो पैह्रो गएको ठाउ“मा त्यहा“ गाउ“ समेत लाने आशंका थियो । सो स्थानमा पहिरो रोक्न गुरुले उपाय सुझाउनु भयो । यसैगरी इलामको बा“झो ८, आदिपुर सेवा लगाउनु भएपछि पहिरो थामिएको थियो । वहा“ले स्वदेश विदेशका विभिन्न स्थानहरुमा पैह्रो रोक्न माङसेवा लगाउने, बृक्षारोपण गर्न लगाउने र भूमिलाई प्रदुषित नगर्न अनुरोध गर्नुहुन्थो । जसले प्रकृति संरक्षणमा वहा“को भूमिका देखिन्छ ।
शान्तिको वकालत
महागुरु फाल्गुनन्दले लामो समय फौजी जीवन बिताउनु भयो । वि.सं. १९६४ मा अंग्रेजको गोर्खाली पल्टनमा भर्ना हुनभयो । ‘वि.सं. १९७१ साउन १३ मा पहिलो विश्वयुद्ध भई १९७५ कात्तिक २६ समाप्त भयो । युद्धमा ९० लाख सैनिक र  ७० लाख सर्वसारधण मारिएको थियो (विकिपेडिया)।’ पहिलो विश्वयुद्धमा महागुरु फाल्गुनन्द ब्रिटिस गोर्खा सेनामा कार्यरत हुनुहुन्थ्यो । पल्टनमा रह“दासमेत महागुरु फाल्गुनन्द शान्तिका पक्षमा हुनुहुन्थ्यो ।
प्रथम विश्वयुद्धताका महागुरु फाल्गुनन्द ध्यानी हवल्दारको रुपमा परिचित हुनुहुन्थ्यो । वहा“को कमाण्डमा एक सेक्सन सिपाई युद्धमा खटिए । आफ्नो सेक्सनमा भन्नुभयो, ‘हेर ! दुश्मन भनिनेहरु पनि हामी जस्तै मानिस हुन् । जर्मनहरुले हाम्रो केही पनि बिगारेका छैनन् । उनीहरुलाई स्वास्नी, छोराछोरीले दुःख पाउ“छन् । तर, सरकारको नूनपानी खाएको छौं, नुनको सोझो गर्नुपर्छ । हुकुम पालना गर्नैपर्छ । यसकारण गोली कि आकाशतिर कि भू“इतिर हान्नु, मान्छेलाई ताकेर नहान्नु । माङलाई सम्झनु । सत्य र धर्ममा बसियो भने मरिंदैन ।’
द्धन्द्वको शान्तिपूर्ण समाधानका पक्षमा महागुरु फाल्गुनन्द हुनुहुन्थ्यो । विश्वयुद्ध रोकिएपछि वहा“ स्वदेश फिर्नुभयो । पहिलो विश्वयुद्ध त्यस बेलासम्मको सबैभन्दा ठूलो युद्ध थियो । युद्धले पैदा गरेको नरसंहार, रक्तपात, विधंस, पीडा, वियोग र विनासप्रति सायद वितृष्णा थियो वहा“मा । पल्टने जीवनपछि वहा“ले शान्ति र अहिंसाका पक्षमा वकालत गर्नुभयो । वहा“ नेपाल, भारत र भुटान विभिन्न स्थानहरुमा डुलेर शान्तिको सन्देश छर्नुभयो ।
महागुरु धेरैपल्ट भुटान जानुभएको थियो । वि.सं. १९७६ मा माता पिता भेट्न भुटानको ‘साम्ची राजरुख गाउ“’ मा चार महिना बस्नुभयो । १९७७ मा भारत, बर्मा, सिक्किम, भुटानको विभिन्न स्थानमा भ्रमण गर्नुभएको । त्यसबेला ताला, ढुङगेना, छुसा, छुङफोलिङ र कोठीलाइन तुम्बापो गाउ“मा पुग्नुभयो । यसैगरी वि.सं. १९८६ वाला नेम्बाङ, बद्रीनन्द तुम्बापो, मनिनन्द चाम्लिङ, सुकदेव ताम्लिङ, रामनाथ योङहाङ, सुरदिल नेम्बाङ र सेवाहाङ नेम्बाङका साथ महागुरु भुटान पुग्नुभएको थियो । अन्तिमपल्ट महागुरु १९९३ साम्चि जिल्ला घुमाउने ब्लक हाल बेसेल्सी गेवगको लामिटा गाउ“ सुके खोला र कुचिडायना खोलाबीच लामोटार जानुभयो । त्यहा“ वहा“ले कुटी स्थापना गरेर विश्व शान्तिका निम्ति सेवा गर्नुभएको पाइन्छ । भुटान दा“गापेला ६ महिनासम्म किरात कर्म, संस्कार, संस्कृतिबारे प्रचार—प्रसार गर्नुभयो ।
यसै गरी आसाम र नेपालका अनेक डा“डापाखँ डुल्नुभयो । मानिसहरुलाई भाषा, लिपि, संस्कृति, धर्म, अहिंसा र शान्तिका बारेमा प्रवचन गर्नुभयो ।
शिक्षाका पहल 
शिक्षाका र समानताका क्षेत्रमा महागुरु फाल्गुनन्दको भूमिका ज्यादै महत्वपूर्ण छ । वहा“को जीवनकालमा नेपालमा राणा शासन थियो । जहानीय राणा शासन कालमा शिक्षालाई नागरिकका आधिकारका रुपमा लिने गरिन्न थियो । शिक्षा शासकहरुको ताजबिजीमा थियो । राजा र राणा प्रधानमन्त्रीका सन्तानका निम्ति विद्यालयहरु खोलिएको थियो । अंग्रेजी र संस्कृत भाषामा शिक्षा लिने व्यवस्था थियो ।
महागुरु फाल्गुनन्दको पहलमा १९८८ बैसाक २४ गते शुरुभएको लिम्बुवान क्षेत्रका प्रशासनिक प्रमुख सुभा, सर्वसाधरण र भक्तजनहरुको भेलाले सातबु“दे सत्यधर्म मुचुल्का निर्माण ग¥यो । मुचुल्काले मातृभाषा शिक्षा दिन विद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । त्यसबेला विद्यालयहरु खोल्न सहज थिएन । माङहिमहरुमा भेला भएर मुन्धुम शिक्षा लिने व्यवस्था गर्नुभयो । मुन्धुम पठन—पाठनका माध्यमबाट हजारौं भक्तजनलाई साक्षर बनाउनुभयो । सबै भाषा समान हुन् भन्ने विषयलाई मुचुल्काले उल्लेख गरेको छ । मातृभाषामा शिक्षा, बहुभाषिक शिक्षा आदि शिक्षा क्षेत्रका जल्दाबल्दा सवालहरु हुन् । विद्यार्थीलाई उनीहरुकै मातृभाषामा शिक्षा दि“दा सिकाई उपलब्धि राम्रो हुने निष्कर्ष शिक्षाविदहरुले निकालेका छन् ।
अहिंसा र मानवतावादी आन्दोलन 
महागुरु फाल्गुनन्दले सत्यधर्म मुचुल्काको माध्यमबाट अहिंसा र मानवतावादी आन्दोलन अघि बढाउनुभएको थियो । मुचुल्काले समाजमा लिङ्गीय, जातीय र भाषिक विभेदलाई सुधार गर्न चाहेको थियो । सत्यधर्म मुचुल्काको पहिलो बु“दामा मुचुल्कामा छोरी चेलीको सोतरित नलिने उल्लेख गरेको छ । छोरीको विवाहमा सुन, चा“दी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो, रहेको छ । छोरालाई जग्गा–जमिनको मालिक, जात, थर र वंशको उत्तराधिकारी मान्ने गरिन्छ । तर, छोरीलाई विवाहमा मोल नै तोकेर सोतरित लिने चलन समाजमा थियो, अझै छ ।
संसारका अधिकांश मानव समुदाय पुरुष प्रधान संरचनामा संरचित छन् । पुरुष प्रधान संरचनाले महिलाहरुलाई दोस्रो दर्जाको मानवका रुपमा स्थापित गर्दै विभेद गर्दछ । महिलालाई कमजोर र दोस्रो दर्जामा राख्न कानुन, संस्कृति र परम्पराहरु निर्माण गरिन्छ । सोतरित लिने चलनले नारीलाई वस्तुकरण गर्दछ । महागुरु फाल्गुनन्दले लिङ्गीय विभेद र दमनबाट संस्कृतिलाई अलग राख्नु पर्ने मुचुल्काको माध्यमबाट जोड दिनुभएको छ ।
बलिपूजाको त्याग्ने विषयलाई सत्यधर्म मुचुल्काले जोड दिएको छ । मानिस आफूलाई सर्वश्रेष्ठ प्राणी ठान्ने चलन छ । अन्य प्राणीलाई विवेकहीन र आत्मारहित प्राणीको रुपमा ठान्दछ । आफ्नो हितका निम्ति अन्य प्राणीको बली चढाउने चलन पनि छ । मुचुल्काले सबै प्राणीको अस्तित्वलाई सम्मान गर्ने र सबै प्राणीलाई माङको सन्तानको रुपमा व्याख्या गर्ने प्रयास गरेको छ । बलीपूजा हिंसास“ग सम्बन्धित रहेकाले यसलाई त्यागेर अहिंसाको बाटोमा जीवनलाई डो¥याउनु पर्नेमा जोड दिएको छ । बलीपूजाको ठाउ“मा फल, फूलको सहायताले सेवा गर्नुपर्नेमा जोड दिएको छ ।
शाकाहारी जीवन पद्धतिमा मुचुल्काले जोड दिएको छ । मादक पदार्थ तथा मदिरा सेवनले व्यक्ति र समाजको स्वास्थ्यमा नकरात्मक असर पार्ने भएकोले यसको सेवन नगर्ने कुरा मुचुल्कामा समावेश गरिएको छ । महागुरु फाल्गुनन्दले यी कार्यका निम्ति राजद्रोहको अभियोग भोग्नुप¥यो । वहा“लाई वि.सं. १९९०÷९१ ‘लिम्बुवानको राजा’, ‘रीति थिति बिगारेको’ अभियोगमा पक्राउ गरी काठमाण्डौं लगिएको थियो । यसै गरी वि.सं. १९९५ मा दोस्रोपल्ट गिरफ्तार हुनुभयो ।
अन्त्यमा 
महागुरु फाल्गुनन्द राष्ट्रिय विभूति हुनुभएपछि वहा“को जीवनका विविध पक्षबारे छलफल भइरहेका छन् । वहा“लाई अध्यात्मिक र सांस्कृतिक दृष्टिकोणबाट बढी छलफल हुने गरेका छन् । महागुरु फाल्गुनन्दका दर्शनलाई मानवतावादी र प्रकृतिवादी दृष्टिकोणबाट व्याख्या गर्न आवश्यक छ ।

पहिलाको समाचार

विकास निर्माणमा किरात धर्मगुरु: भेटीबाट दस करोडको सडक

अर्को समाचार

फाल्गुनन्द लिङ्देनको निर्माणाधीन सालिक तोडफोड र आगजनी

संबन्धित Posts

महागुरु फाल्गुनन्दका कार्यहरु : आङ्बुहाङ अबोध अविरल
विचार

महागुरु फाल्गुनन्दका कार्यहरु

२०७७ कार्तिक २४
0
किरात प्रदेशको वैज्ञानिक आधारहरु
विचार

किरात प्रदेशको वैज्ञानिक आधारहरु

२०७७ अशोज २४
0
महागुरु फाल्गुनन्दका कार्यहरु : आङ्बुहाङ अबोध अविरल
विचार

कोरोनाव्याधि र फाल्गुनन्द दर्शनकाे सान्दर्भिकता

२०७७ अशोज १७
0
अर्को समाचार
फाल्गुनन्द लिङ्देनको निर्माणाधीन सालिक तोडफोड र आगजनी

फाल्गुनन्द लिङ्देनको निर्माणाधीन सालिक तोडफोड र आगजनी

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८
0

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In