• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
सोम, जेष्ठ २०, २०८२
Mon, June 2, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
No Result
View All Result
गृहपृष्ठ विचार

महागुरु फाल्गुनन्दका कार्यहरु

आङ्बुहाङ अबोध अविरल

२०७७ कार्तिक २४
in विचार
0 0
महागुरु फाल्गुनन्दका कार्यहरु : आङ्बुहाङ अबोध अविरल

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द समान्य किसान परिवारमा जन्मनुभयो । निरंकुश राणा शासनकालमा वहाँको जीवन बितेको थियो । अनेक अप्ठ्यारा र चनौतीमाझ मानताका, प्राणी रक्षा र वातावरण संरक्षणका निम्ति कार्यहरु गर्नुभयो । वहाँको कार्यको उच्च मूल्यांकन गर्दै राज्यले राष्ट्रिय विभूतिका रुपमा विभूषण ग¥यो । महागुरु फाल्गुनन्दका कार्यहरुको कम बहसभएका पक्षहरुबारे यस लेखमा उल्लेख गर्ने प्रयास गरिएको छ ।

मुन्धुम लिपिकरण

सम्बन्धित समाचार

किरात प्रदेशको वैज्ञानिक आधारहरु

कोरोनाव्याधि र फाल्गुनन्द दर्शनकाे सान्दर्भिकता

मुन्धुमी शब्दहरुले आधुनिक विज्ञानको भनाइसँग समान अर्थ प्रकट गर्छ

महागुरु फाल्गुनन्दले लिखित मुन्धुमको प्रयोगको थालनी गर्नुभयो । वि.सं. १९८८ बैसाक २४—२८ गते पान्थर लबे्रमा निर्माण गरिएको ‘सत्यधर्म मुचुल्का’ले मुन्धुमलाई लिपिबद्ध गर्ने उल्लेख गरेको थियो । वहाँले लामो समयदेखि मौखिक परम्परामा अभ्यास भइरहेको मुन्धुमलाई किरात सिरिजंगा लिपिमा लिपिवद्ध गर्नुभयो ।

‘थेबा—युमा खमा मुन्धुम’, ‘चासोक मुन्धुम’, ‘सोमाङ केमाङ मुन्धुम’, ‘साक्मुरा वदेम्बा मुन्धुम’, ‘साप्पोक चोमेन मुन्धुम’, ‘मेखिम खमा मुन्धुम’, ‘कसाङ सेमा मुन्धुम’, ‘साम्सामा मुन्धुम’ महागुरु फाल्गुनन्दले ‘थेबा—युमा खमा मुन्धुम’, ‘चासोक मुन्धुम’, ‘सोमाङ केमाङ मुन्धुम’, ‘साक्मुरा वदेम्बा मुन्धुम’, ‘साप्पोक चोमेन मुन्धुम’, ‘मेखिम खमा मुन्धुम’, ‘कसाङ सेमा मुन्धुम’, ‘साम्सामा मुन्धुम’ (लिङदेन आत्मानन्द, क —ज) लगायत दर्जनौं मुन्धुमलाई लिपिवद्ध गर्नुभएको छ । वहाँ आफैमा मुन्धुमसावा हुनुहुन्थ्यो । जव वहाँमा माङ लिन्छिङमा गथ्र्यो, वहाँले मुन्धुम भन्नु हुन्थ्यो । चेलाहरुले लेख्नुहुथ्यो । वहाँले लिपिवद्ध गर्नुभएको मुन्धुमलाई सम्पादन र छपाईमा ल्याउने कार्य मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले गर्दै आउनु भएको छ । हाल, नेपाल, भारत (सिक्किम, दार्जिलिङ, आसाम), हङकङ, सिङगापुर, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशीया, जापान, कोरिया, कतारलगायतका स्थानमा प्रयोग भइरहेको छ । माङसेबुङमा मुन्धुम पठनपाठन भइरहेको छ । अझ धेरै मुन्धुमहरु लिपिवद्ध हुन वाँकी रहेको छ ।

लगायत दर्जनौं मुन्धुम फाल्गुनन्दका पालामा लिपिवद्ध भएको छन् । वहाँमा माङ लिन्छिङ गरेपछि मुन्धुम भन्नुहुन्थ्यो । चेलाहरुले लेख्थे । चेलाहरु सँधै गाउँमा निर्मित मसी र बाँसका कलमसँगै हिड्ने गर्थे । ती मुन्धुमहरुलाई प्रयोग र अध्यायन गर्न माङहीमहरुको स्थापना गरियो । वहाँका पालमा ताप्लेजुङ, पान्थर, इलाम र भुटानका विभिन्न स्थानहरुमा माङहीमहरु स्थापना भएका थिए । ती माङहीमहरुमा ढोड र दियालो बालेर मुन्धुम पढ्ने गरेको महागुरुका जीवित चेला नरदल फेजोङ सुनाउनुहुन्छ ।

वहाँले लिपिवद्ध गर्नुभएको मुन्धुमलाई सम्पादन र छपाईमा ल्याउने कार्य मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले गर्दै आउनु भएको छ । हाल, नेपाल, भारत (सिक्किम, दार्जिलिङ, आसाम), हङकङ, सिङगापुर, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशीया, जापान, कोरिया, कतारलगायतका स्थानमा प्रयोग भइरहेको छ । माङसेबुङमा मुन्धुम पठनपाठन भइरहेको छ । लिखित मुन्धुमको प्रयोगले मुन्धुमको एकरुपता र साक्षरता बृद्धिमा योगदान गरेको छ । अझ धेरै मुन्धुमहरु लिपिवद्ध हुन बाँकी रहेको छ ।

विरामी—दुःखीको सेवा

महागुरु फाल्गुनन्दले जीवनको पछिल्लो ३० वर्षको अधिकांश समय विरामी तथा दुःखीहरुको सेवामा बिताउनुभयो । पल्टनमा रहँदा आधुनिक औषधिले निको नभएका बिरामीलाई मुन्धुमी विधि र जडिबुटीद्वारा उपाचार गर्नुभएको पाइन्छ । यसबारे हेमबहादुर गुरङ र कुलानन्द दाहालद्वारा वि.सं. २०२३ मा प्रकाशित ‘महागुरु फाल्गुनन्द जीवनी’ संक्षेपमा उल्लेख छ ।

धामी, झाँक्री, या फेदाङमा, साम्बा र डाक्टरले निको पार्न नसकेका अनेकौं विरामीहरुलाई महागुरुले निको पारेर घटनाबारे थुप्रै पुस्तक, लेख र किमदन्ती पढ्न र सुन्न पाइन्छ । वहाँले नेपाल, भारत, भुटान र वर्माका विभिन्न स्थानमा पुगेर विरामी तथा दुःखीहरुका निम्ति माङसेवा तथा जडीबुटीबाट उपचार गर्नुभयो । वि.सं. १९९३ को बर्खामा भुटानको दागापेलामा ६ महिनासम्म रहनुभयो । त्यसबेला ‘पानाखोला गाउँकी फाट्टिनी माइली सेर्पाको साह्रै पेट दुख्ने विमार थियो । सत्यहाङमालाई दर्शन गरी दुई, चार दाना अक्षता फुकेर ख्वाएपछि उनको पेट दुख्ने विमार आएन । इलाम जीतपुर पारीगाउँका वलिवन्त (महागुरु फाल्गुनन्दका काका) का श्रीमती युब्रुङमा दीर्घ तीनवर्षदेखि रोगिएका थिए । ‘युब्रुङमाको उपचारको लागि वलिवन्तले अनेक उपाय गरे’ तर पार लागेन । काकाको अनुरोधपछि महागुरु फाल्गुनन्दले माङसेवा गरिदिनुभई, सुनपानी र तीतेपाती पानीले सेसे साङसाङ गर्नुभयो । युब्रुङमा निको हुनभयो, गाउँले सबै छक्क परे ।

महागुरुले सर्वसाधारण मात्र नभएर उच्च पदस्त व्यक्तिका परिवार विरामीको पनि सेवा गरिदिनु भयो । ‘वि.सं. २००१ मा काठमाण्डौंका जनरल विक्रम शमसेर जबराको परिवालाईसमेत सेवा र उपचार गर्नुभएको थियो । महागुरुलाई वि.सं. १९९०÷०९१ मा राजद्रोहको मुद्दामा पक्राउ गरी काठमाण्डौं लगिएको थियो । त्यसबेला वहाँको आध्यामिक जीवनबारे त्यहाँका उच्च पदस्त व्यक्तिहरुलाई थाहा भएको थियो । महागुरुले दुःखीका निम्ति निशुल्क सेवा गर्नुहुन्थ्यो । वहाँलाई जनरले ‘उपकार वापत ५०० रुपैयाँ भेटी राखी दिन खोज्दा आफूले उपकार वापत कहिल्यै रुपैया पैसा लिने नगरेको बताउनुभयो ।’ महागुरु फाल्गुनन्द जहाँ—जहाँ पुग्नुहुन्थ्यो, त्यहाँ विरामीहरुको लाइन लाग्थ्यो । वहाँले प्राण त्याग्ने केही दिनअघिसम्म पनि भक्तहरुका निम्ति सेवा गरिरहनुभएको थियो ।

लामो समय विराम भएका विरामीहरु वहाँले उपकार गरेपछि सजिलै निको हुन्थे । वहाँ आफैमा योग साधनाबाट माङगेप्मा (निर्वाण) गर्नुभएको थियो । योग विज्ञानका अनुसार योग सधनका माध्यमबाट मानिसले आफूभित्र रहेको अत्भूत शक्तिलाई कुनै अंगमा केन्द्रित गर्न सक्छन् । यसरी शरिरको कुनै अंगमा केन्द्रित गरेको विरामीलाई उपचार गर्न सकिन्छ । यसलाई ‘रेकी’ भनिन्छ । गौतम बुद्ध, फाल्गनन्द विरामका अगाडी गइदिए पनि बिरामी निको हुने गर्दथे ।

प्रकृति संरक्षण

महागुरु फाल्गुनन्द जहाँ पुगेपनि सेवा पूजा गर्ने गर्नु हुन्थ्यो । पल्टन जानुअघि र पल्टनपछि हिमाल, डाँडा, खोला, ओडार र मैदानहरुमा सेवा गनुहुन्थ्यो । वहाँले नेपाल, भारत, भुटान र वर्माका हजारौं स्थानहरुमा सेवा लाउनुभएको जीवनीहरुमा उल्लेख छ । प्राकृतिका सबै तत्वलाई माङको अंशका रुपमा सम्बोधन गर्ने, सेवा गर्ने गर्नुहुन्थ्यो । जसले प्रकृतिसँग विवेकपूर्ण अन्तक्रिया गर्नुपर्दछ भन्ने चेतको उजागर गर्दछ । जसले खोलानाला, हावा पानी, हिमाल, पहाड र समथर भूमिलाई सफा सुग्गर र संरक्षण गर्नुपर्नेमा फाल्गुनन्दको जोड रहेको स्पष्ट पार्दछ ।

महागुरु फाल्गुनन्दले खानेपानीको स्रोत नभएको विभिन्न स्थानमा पानी उमार्नुभयो, कुवाहरु खन्नुभयो । वहाँ पल्टनबाट फिरेपछि पान्थरको चोकमागुस्थित सिलौती र लब्रेमा लामो समय रहनुभयो । लब्रेमा खानेपानीको समस्या भएपछि सोही स्थानमा खानेपानी उमार्नु भयो । लेखक नविन लिङदेनका अनुसार पान्थर रविको ‘मुढेमा साधु गुफा माडे चौरमा बस्दा त्यही गुफाको किनारतिर पानी उमार्नुभयो ।’ वि.सं. १९८० इलाम जितपुर पारीगाउँमा ‘वहाँको काका बलिवन्त लिङदेनको अनुरोधमा १९८०, माङमालुङ छेउ तीनचुलेमा १९८५, १९८६ पान्थर कुरुम्बा १, सिक्तेम्बाको थोक्पेत्चम्मा सानु डाँडामा र १९९४ इलाकै इभाङ चिम्भुवामा पानी उमार्नुभएको थियो । निपानी स्थानहरुमा फाल्गुनन्दले महागुरु फाल्गुनन्दले उमार्नुभएको पानी आजसम्म पनि उपभोग भइरहेको छ । वहाँले स्वदेश विदेशका दर्जनौं स्थानमा पानी उमार्नुभएको वहाँको जीवनीमा उल्लेख छ । ती पानीका स्रोतहरु आससम्म पनि मानिसहरुले उपभोग गरिरहेका छन् ।

निपानी जग्गामा पानीको मुहान फुटाउनुमा वहाँमा भूमिगत पानीका स्रोतबारे विशेष पहिचान थियो । पानीका मुहानलाई टिकाउन वृक्षा रोपण गर्नुहुन्थ्यो । लब्रे शुरुमा नाङगो डाँडाँको रुपमा रहेका थियो । महागुरु फाल्गुनन्दले दार्जिलिङको भूसपाते र नेपालका विभिन्न स्थानबाट विरुवाहरु ल्याएर वृक्षा रोषण गर्नुभयो । सो स्थानको विरुवा नकाट्न एउटा सत्यधर्म मुचुल्का बाँध्नुभयो । जंगल बढेपछि पानीको स्रोत बढ्ने भयो ।

महागुरुले थुप्रै स्थानहरुमा पहिरो थाम्नु भएको थियो । १९७८ बैसाकमा चोकमागुका सुब्बा हर्कधोजले ‘मेरो जग्गामा हिउदो वर्ष बगिरहने पहिरो छ, त्यसलाई रोकिदिनु’ भनेपछि वहाँले सेवा लगाइदिनु भयो । पैह्रो थामियो । एकलपल्ट थुम मिक्लुक (हाल इलामको साक्फारा ८) कालीखोला र बुबाना खालाशिरमा ‘ठूलो पैह्रो गएको ठाउँमा त्यहाँ गाउँ समेत लाने आशंका थियो । सो स्थानमा पहिरो रोक्न गुरुले उपाय सुझाउनु भयो । यसैगरी इलामको बाँझो ८, आदिपुर सेवा लगाउनु भएपछि पहिरो थामिएको थियो । वहाँले स्वदेश विदेशका विभिन्न स्थानहरुमा पैह्रो रोक्न माङसेवा लगाउने, बृक्षा रोपण गर्न लगाउने र भूमिलाई प्रदुषित नगर्न अनुरोध गर्नुहुन्थो । जसले प्रकृति संरक्षरणमा उहाँको भूमिका देखिन्छ ।

शान्तिको बकालत

महागुरु महागुरु फाल्गुनन्दले १२ वर्ष फौजी जीवन बिताउनु भयो । वि.सं. १९६४ मा अंग्रेजको गोर्खाली पल्टनमा भर्ना हुनभयो । ‘वि.सं. १९७१ साउन १३ मा पहिलो विश्वयुद्ध भई १९७५ कात्तिक २६ समाप्त भयो । युद्धमा ९० लाख सैनिक र ७० लाख सर्वसारधण मारिएको थियो (विकिपेडिया)।’ पहिलो विश्वयुद्धमा महागुरु फाल्गुनन्द ब्रिटिस गोर्खा सेनामा कार्यरत हुनुहुन्थ्यो । पल्टनमा रहँदासमेत महागुरु फाल्गुनन्द शान्तिका पक्षमा हुनुहुन्थ्यो ।

प्रथम विश्वयुद्धताका महागुरु फाल्गुनन्द ध्यानी हवल्दारको रुपमा परिचित हुनुहुन्थ्यो । वहाँको कमाण्डमा एक सेक्सन सिपाई युद्धमा खटिए । आफ्ना सेक्सनका साथ उपदेश दिनुभयो ‘हेर ! दुश्मन भनिनेहरु पनि हामी जस्तै मानिस हुन् । जर्मनहरुले हाम्रो केही पनि बिगारेका छैनन् । उनीहरुलाई स्वास्नी, छोराछोरीले दुःख पाउँछन् । तर, सरकारको नूनपानी खाएको छौं, नुनको सोझो गर्नुपर्छ । हुकुम पालना गर्नैपर्छ । यसकारण गोली कि अकाशतिर कि भुँइतिर हान्नु, मान्छेलाई ताकेर नहान्नु । माङलाई सम्झनु । सत्य र धर्ममा बसियो भने मरिंदैन (लिङदेन नविन ९)।’

द्वन्द्वको शान्तिपूर्ण सामाधानका पक्षमा महागुरु फाल्गुनन्द हुनुहुन्थ्यो । विश्वयुद्ध रोकिएपछि वहाँ स्वदेश फिर्नुभयो । पहिलो विश्वयुद्ध त्यसबेलासम्मको सबैभन्दा ठूलो युद्ध थियो । युद्धले पैदा गरेको नरसंहार, रक्तपात, विधंस, पीडा, वियोग र विनासप्रति सायद वितृणा थियो वहाँमा । पल्टने जीवनपछि वहाँले शान्ति र अहिंशाका पक्षमा वकालत गर्नुभायो । वहाँ नेपाल, भारत, भुटान डुलेर शान्तिको शन्देस छर्नुभयो । वि.सं. १९७६ मा मातापिता भेट्न भुटानको ‘साम्ची राजरुख गाउँ’मा चार महिना बस्नुभयो (लिङदेन, १९)। १९७७ मा भारत, वर्मा, सिक्किम, भुटानको विभिन्न स्थानमा भ्रमण गर्नुभएको । त्यसबेला ताला, ढुङगेना, छुसा, छुङफोलिङ र कोठीलाइन तुम्बापो गाउँमा भ्रमण गर्नुभएको थियो । यसैगरी वि.सं. १९८६ वाला नेम्बाङ, बद्रीनन्द तुम्बापो, मनिनन्द चाम्लिङ, सुकदेव ताम्लिङ, रामनाथ योङहाङ, सुरदिल नेम्बाङ र सेवाहाङ नेम्बाङका साथ महागुरु भुटान पुग्नुभएको । अन्तिपल्ट महागुरु १९९३ साम्चि जिल्ला घुमाउने ब्लक हाल बेसेल्सी गेवगको लामिटा गाउँ सुके खोला र कुचिडायना खोलाबीच लामोटार पुग्नुभयो । त्यहाँ वहाँले कुटी स्थापना गरेर विश्व शान्तिका निम्ति सेवा गर्नुभएको पाइन्छ । भुटान दाँगापेला ६ महिनासम्म किरात कर्म, संस्कार, संस्कृतिबारे प्रचार—प्रसार गर्नुभयो (लिङदेन, कृष्ण २३)।
यसै गरी आसाम र नेपालका अनेका डाँडाकाडाँ डुल्नुभयो । मानिसहरुलाई भाषा, लिपि, संस्कृति, धर्म, अहिंसा र शान्तिका बारेमा प्रवचन गर्नुभयो ।

शिक्षाका पहल

शिक्षाका र समानताका क्षेत्रमा महागुरु फाल्गुनन्दको भूमिका ज्यादै महत्वपूर्ण छ । वहाँको जीवनकालमा नेपालमा राणा शासन थियो । जहानीय राणा शासन कालमा शिक्षालाई नागरिकका आधिकारका रुपमा लिने गरिन्न थियो । शिक्षा शासकहरुको ताजबिजीमा थियो । राजा र राणा प्रधानमन्त्रीका सन्तानका निम्ति विद्यालयहरु खोलिएको थियो । अंग्रेजी र संस्कृत भाषामा शिक्षा लिने व्यवस्था थियो ।  महागुरु फाल्गुनन्दको पहलमा १९८८ बैसाक २४ गते शुरुभएको लिम्बुवान क्षेत्रका प्रशासनिक प्रमुख सुभा, सर्वसाधरण र भक्तजनहरुको भेलाले सातबुँदे सत्यधर्म मुचुल्का निर्माण ग¥यो । मुचुल्काले मातृभाषा शिक्षा दिन विद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । त्यसबेला विद्यालयहरु खोल्न सहज थिएन । माङहीमहरुमा भेला भएर मुन्धुम शिक्षा लिने व्यवस्था गर्नुभयो । मुन्धुम पठन—पाठनका माध्यमबाट हजारौं भक्तजनलाई साक्षर बनाउनुभयो । सबै भाषा समान हुन् भन्ने विषयलाई मुचुल्काले उल्लेख गरेको छ । मातृभाषामा शिक्षा, बहुभाषिक शिक्षा आदि शिक्षा क्षेत्रका जल्दाबल्दा सवालहरु हुन् । विद्यार्थीलाई उनीहरुकै मातृभाषामा शिक्षा दिदा सिकाई उपलब्धि राम्रो हुने निष्कर्ष शिक्षाविदहरुले निकालेका छन् ।

अहिंसा र मानवतावादी आन्दोलन

महागुरु फाल्गुनन्दले सत्यधर्म मुचुल्काको माध्यमबाट अहिंसा र मानवतावादी आन्दोलन अघि बढाउनुभएको थियो । मुचुल्काले समाजमा लिङ्गीय, जातीय र भाषिक विभेदलाई सुधार गर्न चाहेको थियो । सत्यधर्म मुचुल्काको पहिलो बुँदामा मुचुल्कामा छोरी चेलीको सोतरित नलिने उल्लेख गरेको छ । छोरीको विवाहमा सुन, चा“दी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो, रहेको छ । छोरालाई जग्गा–जमिनको मालिक, जात, थर र वंशको उत्तराधिकारी मान्ने गरिन्छ । तर, छोरीलाई विवाहमा मोल नै तोकेर सोतरित लिने चलन समाजमा थियो, अझै छ ।

संसारका अधिकांश मानव समुदाय पुरुष प्रधान संरचनामा संरचित छन् । पुरुष प्रधान संरचनाले महिलाहरुलाई दोस्रो दर्जाको मानवका रुपमा स्थापित गर्दै विभेद गर्दछ । महिलालाई कमजोर र दोस्रो दर्जामा राख्न कानुन, संस्कृति र परम्पराहरु निर्माण गरिन्छ । सोतरित लिने चलनले नारीलाई वस्तुकरण गर्दछ । माहागुरु फाल्गुनन्दले लिङ्गीय विभेद र दमनबाट संस्कृतिलाई अलग राख्नु पर्ने मुचुल्काको माध्यमबाट जोड दिनुभएको छ ।

बलिपूजाको त्याग्ने विषयलाई सत्यधर्म मुचुल्काले जोड दिएको छ । मानिस आफूलाई सर्वश्रेष्ठ प्राणी ठान्ने चलन छ । अन्य प्राणीलाई विवेकहिन र आत्मारहित प्राणीको रुपमा ठान्दछ । आफ्नो हितका निम्ति अन्य प्राणीको बली चढाउने चलन पनि छ । मुचुल्काले सबै प्राणीको अस्तित्वलाई सम्मान गर्ने र सबै प्राणीलाई माङको सन्तानको रुपमा व्याखा गर्ने प्रयास गरेको छ । बलीपूजा हिंसास“गसम्बन्धित रहेकाले यसलाई त्यागेर अहिंशाको बाटोमा जीवनलाई डो¥याउनु पर्नेमा जोड दिएको छ । बलीपूजाको ठाउ“मा फल, फूलको सहायताले सेवा गर्नुपर्नेमा जोड दिएको छ ।

शाकाहारी जीवन पद्धतिमा मुचुल्काले जोड दिएको छ । मादक पदार्थ तथा मदिरा सेवनले व्यक्ति र समाजको स्वाथ्यमा नकरात्मक असर पार्ने भएकोले यसको सेवन नगर्ने कुरा मुचुल्कामा समावेश गरिएको छ । महागुरु फाल्गुनन्दले यी कार्यका निम्ति राजद्रोहको अभियोग भोग्नुप¥यो । वहाँलाई वि.सं. १९९०÷९१ ‘लिम्बुवानको राजा’, ‘रीति थिति बिगारेको’ अभियोगमा पक्राउ गरी काठमाण्डौं लगिएको थियो । यसै गरी वि.सं. १९९५ मा दोस्रोपल्ट गिरफ्तार हुनुभयो ।

अन्त्यमा

महागुरु फाल्गुनन्द राष्ट्रिय विभूति हुनुभएपछि वहाँको जीवनका विभिद पक्षबारे छलफल भइरहेका छन् । बहाँलाई आध्यात्मिक र सांस्कृतिक दृष्टिकोणबाट बढी छलफल हुने गरेका छन् । महागुरु फाल्गुनन्दका दर्शनलाई मानवतावादी र प्रकृतिवादी दृष्टिकोणबाट व्याखा गर्न आवश्यक छ ।

सन्दर्भ सामग्री
लिङदेन, आत्मानन्द सेइङ (स) । किरात साम्जिक मुन्धुम । माङसेबुङ ः किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्न सेवा, २०६४ ।
तुम्बापो, रमेश र फेजङ, मनकुमार । महागुरु फल्गुनन्द र लोपन्मुख कथाहरु । दमकः फूङहाङ फेजोङ र अन्यm २०७२ ।
लिङदेन, कृष्ण । ‘भुटानमा मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङदेन र भुटानका चेलाहरु’, किरात समाचार मासिक वर्ष २१, अंक १, २०७२ कात्तिक । पेज १९—२४ ।
लिङदेन, नविन । ‘मुहिङगुम अङसीमाङ लिङ्देनको संक्षिप्त जीवनी’, किरात समाचार मासिक वर्ष २१, अंक १, २०७२ कात्तिक । पेज ५—१८ । र्

{https://en.wikipedia.org/wiki/World_War_I}

लेखकः किरात धर्म तथा साहित्य उथान संघका केन्द्रीय सह सचिव हुन ।

पहिलाको समाचार

अस्पतालको परिणाम देखाउनुपर्ने सामाजिक विकास मन्त्री घिमिरेको भनाई

अर्को समाचार

फाल्गुनन्दको उपदेश पालन गरे राष्ट्रिय एकतालाई सबल बनाउन सकिने राष्ट्रपति भण्डारीको भनाई

संबन्धित Posts

किरात प्रदेशको वैज्ञानिक आधारहरु
विचार

किरात प्रदेशको वैज्ञानिक आधारहरु

२०७७ अशोज २४
0
महागुरु फाल्गुनन्दका कार्यहरु : आङ्बुहाङ अबोध अविरल
विचार

कोरोनाव्याधि र फाल्गुनन्द दर्शनकाे सान्दर्भिकता

२०७७ अशोज १७
0
मुन्धुमी शब्दहरुले आधुनिक विज्ञानको भनाइसँग समान अर्थ प्रकट गर्छ
विचार

मुन्धुमी शब्दहरुले आधुनिक विज्ञानको भनाइसँग समान अर्थ प्रकट गर्छ

२०७७ अशोज १३
0
अर्को समाचार
फाल्गुनन्दको उपदेश पालन गरे राष्ट्रिय एकतालाई सबल बनाउन सकिने राष्ट्रपति भण्डारीको भनाई

फाल्गुनन्दको उपदेश पालन गरे राष्ट्रिय एकतालाई सबल बनाउन सकिने राष्ट्रपति भण्डारीको भनाई

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८
0

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In