एजेन्सी : बेइजिङ — कोरोना महामारीले थलिएको चिनियाँ अर्थतन्त्रमा सुधार देखिएको छ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोले सोमबार प्रकाशित गरेको तथ्यांकअनुसार यस आर्थिक वर्षको तेस्रो त्रैमासिक९जुलाई–सेप्टेम्बर० मा चीनको अर्थतन्त्र ४.९ प्रतिशतले वृद्धि भएको छ ।
यस वर्षको पहिलो दोस्रो त्रैमासिकभन्दा तेस्रो त्रैमासिकमा चीनको अर्थतन्त्रमा थोरै सुधार देखिएको छ । दोस्रो त्रैमासिकमा ३.२ प्रतिशतले चिनियाँ अर्थत्रन्त्र वृद्धि भएको थियो । चिनियाँ अर्थशास्त्रीले अपेक्षा गरेअनुरुपको आर्थिक वृद्धि भने नभएको बताइएको छ । चिनियाँ अर्थशास्त्रीले तेस्रो त्रैमासिकमा ५.२ प्रतिशतले चीनको जीडीपी वृद्धि हुने अनुमान गरेका थिए ।
सेप्टेम्बर महिनामा चीनमा खुद्रा बिक्री पनि ३.३ प्रतिशतले वृद्धि भएको ब्युरोले जनाएको छ । तेस्रो त्रैमासिकमा औद्योगिक उत्पादन पनि ५।८ प्रतिशतले बढेको छ । दोस्रो त्रैमासिकमा चीनमा औद्योगिक उत्पादन ४.४ प्रतिशतले बढेको थियो ।
पछिल्लो त्रैमासिकमा चीनको सेवा क्षेत्रमा पनि सुधार देखिएको छ । चीनको सेवा क्षेत्रमा पछिल्लो त्रैमासिकमा ४.३ प्रतिशतले वृद्धि भएको छ । अप्रिल–जुनमा चीनको सेवा क्षेत्र १.९ प्रतिशतले मात्रै वृद्धि भएको थियो ।
कोरोना महामारीका कारण यस वर्षको सुरुवातमा चीनमा गरिएको लकडाउनले सेवा क्षेत्र नराम्रोसँग प्रभावित भएको थियो । कोरोना रोकथाम र नियन्त्रणमा धेरै हदसम्म सफलता हात पारेसँगै चिनियाँ जनजीवन सामान्यतर्फ गइरहेको छ ।
Discussion about this post