माङसेबुङः किरात धर्मको साँस्कृतिक समिति किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको ४१ औं स्थापना दिवश सोमबार सम्पन्न भएको छ ।
पान्जुम्भोले सावायेत् नाम्धुङ लाधुङ सेमी सेवाको आयोजना गरेर स्थापना दिवश मनाएका थिए ।
कोरोना भाइरस कोभिड १९ का कारण यस वर्ष माङसेवाको आयोजना गरिएको पान्जुम्भोका सचिव आइन्द्र थेगिमले रेडियो माङसेबुङलाई बताए ।
२४ गते साक्मुरा वदेम्मा, २५ गते विश्व शान्ति मानव एकता र विश्व कोरोनाबाट गुज्रिरहेको परिपेक्षमा सबै कोरोना मुक्त हुन सकोस भन्ने प्रार्थना गरेको पान्जुम्भोका अध्यक्ष रामबहादुर थुलुङले बताउनुभयो । कार्यक्रममा आगान्तुक पाहुनाहरुलाई अग्यार्निक जरिबु्टीले मिश्रन जुस, खिरको माङजा(प्रसाद) वितरण गरेको थियो ।
दिवशमा पान्थर,झापा,इलामलगायतका किरात कलाकारहरुको उपस्थिती रहेको थियो भने पान्जुम्भो २०३६ असोजमा स्थापना भएको हो ।
Discussion about this post