माङसेबुङ : पान्थरस्थित तुम्बेवा गाउँपालिकाको साविक हाङगुमकी मेरुदण्ड भाँचिएर उपचार गर्न आर्थिक अभाव भएका कारण विगत ४ वर्षदेखि थलापरेकी पीडित सरस्वती श्रेष्ठलाई सयपत्री मिडिया ग्रुप प्रवस नेपालले आर्थिक सहयोग गरेको छ ।
सेवा नै धर्म हो, सुन्दरताको खानी प्रकृति हो हाम्रो सान बाहुल्यतामै एकता संस्कृति हो हाम्रो पहिचान प्रतिभाको सम्मान मन वचन र कर्मले दीन दुःखी असाहयको गरौं सेवा मिडियासँगकाे सहकार्यमाअघि बढौ सबै युवा, भन्ने नाराका साथ २०७६ सालमा स्थापना भई विभिन्न कार्यक्रम संघ संस्था खेलकुद र रेडियोसँग सहकार्य गर्दै दुःखी पीडितलाई सहयोग गर्दै आएको सामाजिक कार्यमा समर्पित सयपत्री मिडिया ग्रुप प्रवस नेपालले यस पटक पीडित श्रेष्ठलाई आर्थिक सहयोग गरेको मिडिया ग्रुपका सचिव सरिता राईले बताइन् ।
बुधबार चोतारी टिभी युट्यूव च्यानलबाट श्याम कुलुङमार्फत सयपत्री मिडिया ग्रुप प्रवस नेपालले पीडित श्रेष्ठलाई ६६ हजार ५ सय ७८ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
Discussion about this post