विराटनगर : प्रदेश १ सामाजिकविकास मन्त्रालयले आज एक सडक आश्रित महिलाको उद्धार गरेको छ ।
सामाजिकविकास मन्त्रीजीवन घिमिरे, प्रदेश सांसद कुशल साम्वालगायतको टोलीले मोरङको बुढीगंगा १ बाट २१ बर्षीयाधनाविश्वकर्माको उद्धार गरेको हो । स्थायी ठेगानाबताउननसक्ने उनीकरिव एक सातादेखि सडकमा बसेको स्थानीययूवाहरुले मन्त्रालयलाई जानकारी गराएपछि उद्धार गरिएको हो ।
सडकबाट उद्धार गरि प्रदेश १ जनस्वास्थ्यप्रयोगशालामाउनको स्वाव परीक्षण गरि आईसोलेसनमा राखिएको छ । कोरोना परीक्षण रिपोर्ट आएपछि मानव सेवाआश्रममालगिने मन्त्रालयले बताएको छ । महिलाको उद्धार गर्दै सहयोगापेक्षी सडकआश्रितमानवमुक्तप्रदेश निर्माण गर्ने अभियानमा सरकार लागि परेको मन्त्री घिमिरेले बताउनुभयो ।
Discussion about this post