• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
बिहि, जेष्ठ २३, २०८२
Thu, June 5, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
No Result
View All Result
गृहपृष्ठ विचार

मुन्धुमी शब्दहरुले आधुनिक विज्ञानको भनाइसँग समान अर्थ प्रकट गर्छ

रमेश तुम्बापो ‘हाङसाम’

२०७७ अशोज १३
in विचार
1 0
मुन्धुमी शब्दहरुले आधुनिक विज्ञानको भनाइसँग समान अर्थ प्रकट गर्छ

सम्बन्धित समाचार

महागुरु फाल्गुनन्दका कार्यहरु

किरात प्रदेशको वैज्ञानिक आधारहरु

कोरोनाव्याधि र फाल्गुनन्द दर्शनकाे सान्दर्भिकता

किरात मुन्धुम, भाषा शब्दहरुको सुक्ष्म अध्ययन गर्ने हो भने त्यस भित्र गहँन अर्थहरुले जरा गाडेर बसेको पाइन्छ । कतिपय मुन्धुमी शब्दहरुले आधुनिक विज्ञानको भनाइसँग समान अर्थ प्रकट गरेको पनि पाइन्छ । यहाँ यस्तै किराती मुन्धुमी शब्दहरु माथि संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।

किरात मुन्धुमी भाषामा धर्मलाई (साम्यो) वा (साम्योक्) भन्ने गरिन्छ । (साम्यो) अर्थात (साम्योक्) शब्दलाई सन्धि बिच्छेद गरेर अध्ययन ग¥यो भने (साम्). आत्मा र (योक्) छाप, गोह, वा बाटो भन्ने हुन्छ । छाप, गोह, वा बाटो जे भने पनि यी शब्दहरुको अर्थ मुलत बाटो, मार्ग नै हो । (साम्यो) र (साम्योक्) सन्धियुक्त भएपछि (साम्यो वा साम्योक्) शब्दको निर्माण भएको हुन्छ र यसको अर्थ आत्माको मार्ग भन्ने हुन्छ । आत्मा परमार्थ सत्य बस्तु हो । मानिसले संसारलाई ढाट्न, छल्न सक्छ, तर आफ्नै आत्मालाई एकै सेकेण्ड पनि छल्न सक्दैन ।

आत्माले जे देख्छ त्यहीँनै परम सत्य हो । यहीँ परम सत्यनै धर्मको विजय हो भनेर किरात मुन्धुमी भाषामा धर्मलाई (साम्यो) भनेर परिभाषित गरिएको छ । हिन्दु धर्मले पनि असल कुराको धारणा गर्नुलाई धर्म भन्ने गरेको पाइन्छ । अंग्रेजी भाषामा धर्मलाई रिलिजन भन्ने गरेको पाइन्छ । रिलिजन शब्द पनि रियल शब्दबाट विकसित भएको हुन सक्छ । अतः यी सबै शब्दहरुको बीचमा पारस्परिक समानता रहेको भएता पनि धर्मको उदय मानिसको आत्माबाट हुन्छ भनेर स्पष्टका साथ किरात मुन्धुमी शब्दले मात्र भन्न सकेको पाइन्छ । वास्तवमा धर्म उत्कृष्ट अनुशासनको नाम हो । पवित्र मानवीय कर्मको नाम हो । जुन कर्म आफ्नै आत्मालाई साक्षी राखेर सम्पन्न गरिन्छ ।

जब व्यक्तिमा, कामना, लोभ, मोह स्वार्थहरु अंकुरिन थाल्छ, तब उसले आफ्नै आत्मालाई छलेर ढाटेर कामना, स्वार्थ पूरा गर्न, दुःसाहस गर्न थाल्छ । वास्तवमा धर्मको स्वरुप यतिखेरै यहीँबाट विकृत हुन थालेको हुन्छ । यसपछि धर्मको अगाडि व्यक्तिको नाम, जातिको नाम, जोडिन्दै गएपछि धर्मको नाममा मानव मानवबीचमा विभाजनका सीमा रेखाहरु कोरिन्न सुरु हुन्छ । वर्तमान अवस्थामा भइरहेको यर्थाथ पनि यहीँ नै हो । लोभ, मोह पनि साथै लिएर आएको हुन्छ । त्यस कारण यसलाई पूर्ण निषेध होइन, बरु यसको उचित प्रयोग गर्न सक्नु पर्छ भन्ने किरात धर्मको मान्यता रहेको पाइन्छ । त्यसै गरी मानव शरीरलाई किरात मुन्धुमी भाषामा ङासिङ्गेन थक् भनेर परिभाषित गरिएको पाइन्छ ।

(ङासिङ्गेन थक्) शब्दलाई सन्धि विच्छेद गरेर हेर्ने हो भने (ङा) पाँच (पञ्च) (सिगेन्) तत्वहरुले युक्त । र (थक्) –जीऊ, शरीर भन्ने हुन्छ । (ङासिङ्गेन थक्) भनेको पञ्चतत्वहरु मिलेर बनेको शरीर हो भनेर परिभाषित गरिएको हो । अध्यात्मिक मूल्य मान्यता अनुसार मानव अनुसार मानव शरीर भित्र रहेको रगतलाई जल तत्वको अंश मानिन्छ । यस्तै हाड मासुलाई पृथ्वी तत्वको अंश र शरीर भित्रको तापशक्तिलाई अग्नी तत्वको अंश मानिन्छ । यी चार तत्वले निर्मित ठोस वस्तु (शरीर) लाई अस्थिर तवरले उभ्याउँन (शुन्य) आकाश तत्व अपरिहार्य हुन्छ । तसर्थ आकाश तत्व सहित पाँच तत्व मिलेर मानव शरीर निर्माण भएको हुन्छ भनि मुन्धुमले स्पष्ट साथ भन्दै आएको छ । यहीँ (ङासिङ्गेन थक्) भित्र (थक्लीगेन साम्माङ) रहेको छ भनेर पनि मुन्धुमले परिभाषित गरेको छ । (थक्.) जीऊ, शरीर, (लिगेन्) शिरदेखी पाऊ सम्म, (साम्) आत्मा र (माङ) देवता यसरी (थक्लीगेन साम्माङ) अर्थात यहीँ शरीर भित्र रहेको आत्मानै (माङ) देवाता हो भनेर मुन्धुमले प्रष्ट भनेको छ ।

वास्तवमा तपस्यी, योगी, सिद्धी पुरुषहरुले आफ्नै आत्मासँग साक्षात्कार गरेर देवत्व प्राप्त गरेको हुन्छ । देवत्व प्राप्त गर्नका लागि तपस्यी, ध्यानीहरु प्रसिद्ध मन्दिरहरुमा भन्दा जंगलको एकान्त गुफा, ओढारहरुमा ध्यान, साधना गर्ने गरेको पाइन्छ । यसरी आफू भित्रको (साम्माङ) देवतालाई प्राप्त गर्न सक्नुलाई किरात मुन्धुमले (माङधक् थक्थिक् पोङमा) अर्थात् माङसँग एकाकार हुन भनेको छ । जसरी सलाईको काटीमा पारिएको आगोलाई चुलामा भएको आगोमा लगाउँदा एकाकार भएको हुन्छ । हाम्रो मुन्धुमले पृथ्वीलाई (इक्सादिङ खाम्बेक) भनेर सम्बोधन गरेको छ । (इक्सादिङ) घुम्नु र (खाम्बेक्) धर्ती, माटो भन्ने हुन्छ ।

यसरी हाम्रो मुन्धुमले कपनिर्कस, जोर्डानो बुनो, ग्यालिलियो भन्दा हजारौ वर्ष पहिलादेखि नै यो पृथ्वी घुम्छ भन्दै आएको यथावत घाम जस्तै छर्लङ्ग छ । इतिहासमा पृथ्वी स्थिर छ, स्थिर पृथ्वीलाई घामले परिक्रमा गर्छ भन्ने मान्यता राख्ने धर्महरु पनि नभएको होइन । जसरी पृथ्वी घुम्छ भन्ने वैज्ञानिकहरुलाई जीउँदै जलाएर मारियो, त्यसैगरी पृथ्वी घुम्छ अर्थात इक्सादिङ खाम्बेक भन्ने मुन्धुमहरुलाई पनि जलाएर खरानी पारिएको छ ।

त्यसैगरी मुन्धुमी भाषामा आकाशलाई (तरङ ताङसाङ) भन्ने गरिएको छ । (तरङ ताङसाङ) भन्नुको अर्थ पुलजस्तो आकाश भनिएको हो आकाशमा पुल जस्तो कुनै ठोस बस्तु नदेखिएको भए पनि हाम्रो आकाश त्यसै खाली भने छैन् । सृष्टिको सुदुर विहानीसँगै पंक्षी जगले आकाश मार्गलाई पुल जस्तै प्रयोग गर्दै आएका छन । मानव प्राणीले पनि त्यसैगरी प्रयोग गर्दै आएका छन् ।

अझ आधुनिक विज्ञान प्रविधिले आकाश भरि इमेल इन्टरनेटको वेवसाइटहरु विछ्याएर कम्प्युटरद्धारा तरङगित गरिरहेको छ । यी सबै तरङ्गहरुले संसारलाई पुल जस्तै जोडी दिएको छ । यसलाई मुन्धुमी भाषामा (तरङ ताङसाङ) भनिएको हुन सक्छ । विज्ञानले हासिल गरेको आजको वैज्ञानिक उपलब्धीहरु कुनै नयाँ नौलो होइन् । यस किसिमका वैज्ञानिक उपलब्धीहरु प्राचिनकालमा पनि उपलब्ध थियो भन्ने कुरा मुन्धुमी वाक्यहरुले पुष्टि गर्दै आएको छ ।

तर सृष्टि र विनाशको नियममा परे त्यस्ता वैज्ञानिक उपलब्धीहरु समाप्त हुन पुगेको हुन सक्छ । यस सम्बन्धमा डा. स्वामी प्रपन्नाचार्यले आफ्नो प्राचिन हिन्दु विज्ञान नामक ग्रन्थमा प्रचुर मात्रामा स–प्रमाण उल्लेख गर्नु भएको छ । किरात मुन्धुमी भाषामा सगरमाथालाई (चन्जलुङमा) भन्ने गरिएको छ । (चन्जलुङमा) भन्नुको सही अर्थ (सर्वोच्च) सबै भन्दा उच्च भन्ने हुन्छ । इतिहासको कुनै कालखण्डमा किरात सभ्यताले संसारभरका हिमश्रृङखलाहरुलाई फित्ता लगाई सकेको थिएछ । त्यसै कारणले त संसारकै सबैभन्दा उच्च सगरमाथा हो भनेर पत्ता लगाएको थियो होला । त्यसपछि नै (चन्जलुङमा) नामाकरण गरेका थिए होला ।

किरात मुन्धुमी शब्दहरु यति मै सीमित छैन् । (मुधाङखेसे नित्मिदेत्नेल्लो साम्जीक् केमुन्धुम् हाग् चेङा मेदेत्नेल्लो) अर्थात् आकाशको ताराहरुलाई गन्न पनि सकिन्दैन, तिम्रो सृष्टिको वर्णन गरे वर्णन गरी साध्य छैन् भनेर मुन्धुम वाचन गरी समापन गर्ने गरिन्छ । उपरोक्त मुन्धुमी वाक्यांशले कुनै बेला किरात सभ्यताले आकाशमा ताराहरुलाई सयौ पटक गनेर ताराहरुको संख्या यकिन गर्ने प्रयास गरेको थिएछ । तर संसारलाई किटान गर्न नसकी हार भएको रहेछन् भन्ने भाव व्यक्त गरेका स्पष्ट हुन्छ । मुन्धुमले वयस्क उमेरको तरुनीलाई (सिसादिङ मेन्छिन्) भन्ने गरेको पाइन्छ । (सिसादिङ) शब्द (सासेदिङ) बाट निर्माण भएको हो । अतः (सासेदिङ मेन्छिन्) बाट (सिसादिङ मेन्छिन्) हुन गएको प्रष्ट हुन्छ । यसको अर्थ हो, सन्तान फैल्याउँन सक्ने वयस्क तरुनी ।

यसेै गरी वयस्क तन्नेरीलाई (नासिगेन थाङबेन्) भन्ने गरेको पाइन्छ । मुन्धुमी भाषामा (नालिगेन थाङबेन्) भनिएको शब्दको सही अर्थ हो । आफ्नो विजलाई (पर) वयस्क तरुनीलाई दिएर त्यतै उम्रिन, पलाउन, सक्ने भनिएको हो । वास्तवमा पुरुषले विज दिएरनै महिलाले सन्तान उत्पादन तथा फैल्याउँन सकेको छ । त्यति मात्र होइन किरात मुन्धुमी भाषामा आफूलाई गौरवताका साथ (मेन्छाम्गेन् नाम्याप्मीसा) भन्दै आएको छ । यसो भन्नुको अर्थ घाम जस्तो कहिल्यै नर्मर्ने (नअस्ताउँने) (मेन्छिम्ना नाम्याप्मीसा) भनिएको हो । किरातीहरुलाई सूर्यवंशी पनि भन्ने गरिन्छ । हामीले आफ्नो विगतको लामो इतिहासलाई फर्केर राम्ररी अध्ययन ग¥यौै भने किरात सभ्यता माथि अनेक कुरा प्रहारहरु हूँदै आएको पाउँने छौं ।

तथापि यस किसिमका घोर अन्याय अत्यचारको बाबजुद पनि किरातीहरुले आजसम्म आफ्नो मौलिक पहिचानलाई यहाँसम्म बचाएर ल्याउन सफल भएका छन् । यस कोणले पनि (मेन्छिम्ना नाम्याप्मीसा) भन्ने मुन्धुमी शब्दको सार्थकता थप पुष्टि हुन खोजेको प्रष्ट हुन्छ । वास्तवमा किरात मुन्धुमी भाषाका शब्द तथा वाक्यांशहरुले आफैमा विशिष्ट विशेषता र गहँन अर्थहरु बोकेका हुन्छन । किरात मुन्धुमी भाषा, शब्द भण्डार भित्र प्रवेश गरेर त्यसको सुक्ष्म अध्ययन गर्न सक्यौ भने एउटा गहिरो शब्द सागरको निर्माण गर्न सक्ने छौं ।

पहिलाको समाचार

किरात धर्म लेखौं महा समितिको बैठक

अर्को समाचार

धर्म बिना पार तरिन्दैन

संबन्धित Posts

महागुरु फाल्गुनन्दका कार्यहरु : आङ्बुहाङ अबोध अविरल
विचार

महागुरु फाल्गुनन्दका कार्यहरु

२०७७ कार्तिक २४
0
किरात प्रदेशको वैज्ञानिक आधारहरु
विचार

किरात प्रदेशको वैज्ञानिक आधारहरु

२०७७ अशोज २४
0
महागुरु फाल्गुनन्दका कार्यहरु : आङ्बुहाङ अबोध अविरल
विचार

कोरोनाव्याधि र फाल्गुनन्द दर्शनकाे सान्दर्भिकता

२०७७ अशोज १७
0
अर्को समाचार
पृथ्वीले पनि उपचार खोज्दो रहेछ

धर्म बिना पार तरिन्दैन

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८
0

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In