• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
सोम, जेष्ठ २०, २०८२
Mon, June 2, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
No Result
View All Result
गृहपृष्ठ माङसिवाखाहुन

सबै जाति, माङको फूलबारी

२०६५ कात्तिक २५, १२४औं फाल्गुनन्द जन्मजयन्ती गोपेटार, पान्थर

२०७७ अशोज ११
in माङसिवाखाहुन
0 0
सबै जाति, माङको फूलबारी

ओत् तागेरा निङवाभूमाङे सेवारो

उपस्थित विद्वान मित्र, पत्रकार बन्धु, प्रशासननिक क्षेत्रका प्रतिनिधि र यहाँ पाल्नुभएका तमाम गाउँगाउँका भक्तप्रेमी मित्रहरु।
आज यस गोपेटार माङहिम उद्घाटन गर्ने अवसर तपाईहरुले दिनुभएकोमा मलाई ज्यादै खुशी लागेको छ। यस विकट ठाउँमा यतिका भक्तजन भेला हुनु ठूलो कुरा हो। मित्रहरुमा म के भन्छु भने जहाँ पाप फैलन्छ, त्यहाँ धर्मले जन्म लिन्छ। र, धर्मको विजय हुन्छ। कुरीति, कुप्रथा र कुसंस्कारमा चुर्लुम्म डुबेको हाम्रो समाजलाई उद्धार गर्नका निमित्त जन्मनुभएका महागुरु फाल्गुनन्दको १२४औं जन्मजयन्तीको अवसरमा हामी जम्मा भएका छौं। वहाँको महान् वाणी, दिव्यवाणी धेरै छन्। वहाँ फक्ताङलुङ (कुम्भकर्ण) हिमाल जाँदा आउँदा यसै थलोमा बस्ने गर्नुहुन्थ्यो। यहाँ माङहिम स्थापना भयो। यो तपाईंहरुको सौभाग्यको दिन हो। यो माङहिम तपाईंहरुकै हो।

सम्बन्धित समाचार

धर्म बिना पार तरिन्दैन

धर्म थाम्ने नालीफूङवा

सबैको माङ एउटै

ज्ञान भन्ने कुरा अमूल्य हुन्छ। जुनसुकै शिक्षा लिए पनि शुरुमा तीतो हुन्छ। तर, पछि गुलियो हुन्छ। जस्तै : नानीलाई स्कुल लगेर पढाउँदा निकै डराउँछ। पछि बानी भएर आफैं पढ्न जान्छु भन्छ। त्यस्तै, मान्छेले धर्ममा ध्यान दिनु, चित्त दिनु, तन, मन, धन दिनु गाह्रो मानिन्छ। तर, धर्म बेगर केही हुँदैन। संसारमा जसको धर्म छैन, त्यो प्राणीमा गन्ती नै आउँदैन। जसको धर्म छ, त्यो प्राणीमा गन्ती आउँछ। धर्म बेगरको मान्छे हुँदैन।

किरात धर्मले के भन्छ भने हामीले देव, देवताको नाममा सेवा (पूजाआजा) गर्दा बलीपूजा गर्नु हुँदैन। हाम्रो उभौली, उधौली गर्ने चलन छ। त्यसबेला हामीले फल फूल चढाएर सेवा गर्नुपर्छ भन्ने महागुरुको सन्देश छ। र, यही सन्देश दिन र हामीमा शान्ति होओस्, रक्तपात नहोस् भन्नका खातिर म शान्ति यात्रा गर्न लागेको छु। तपाईंहरुको निमन्त्रणामा म यस ठाउँमा आइपुगें। यसअघि पनि म यस ठाउँमा आएर बसेको छु। फक्ताङलुङ तीर्थयात्रा गर्दा यहाँ बास बसेको छु। त्यतिबेला मैले के सम्झेको थिएँ भने यहाँ त बाजेहरु छन् अरे। यहाँ त उहिले लिङ्देन मेरा बन्धुहरु, दारी भन्नेहरु थिए भन्ने कथा सुनेको थिएँ।

तपाईहरु धर्ममा निर्लिप्त हुनुभयो। तपाईहरुले सही बाटो समात्नुभएको छ। यो बाटो कहिल्यै छोड्नु हुँदैन। धर्म भन्ने चिज गर्न गाह्रो हुन्छ। उकालो चढ्न निकै गाह्रो हुन्छ। धर्म गरेर उकालो चढ्न निकै गाह्रो छ। ओह्रालो जानु, बिग्रनु भत्कनु त टाइम लाग्दैन नि। तर, खुशी लागेको छ, तपाईहरु धर्ममा लाग्नुभएको छ। माङहिम निर्माण गर्नुभएको छ। सेवा गर्नुभएको छ। यो सेवा विश्व शान्तिका निमित्त हो। विश्व शान्ति र मानव एकताका लागि सबै लाग्नु पर्छ। जसका लागि सबैले ज्ञान सिक्नु पर्छ। हामीले असल कुरालाई सिक्ने र खराब कार्य छाड्नु पर्छ। सत्य बाटोमा हिँड्नु पर्छ। त्यो हाम्रो परम कर्तव्य र धर्म हो। त्यसैले म यहाँका दिदीबहिनी, शिक्षक, बुद्धिजीवी, मान्यजन र नेताहरु सम्पूर्णमा जनतालाई मार्नु हुँदैन। शान्ति हुनुपर्छ। शान्तिसँग शासन संंचालन गर्नुपर्छ। शान्ति बेगर कसरी शासन चल्छ? कसरी विकास हुन्छ? भन्न चाहन्छु।

यसै भूमिमा बुद्ध, फाल्गुनन्द जन्मेका हुन्। हामी पनि आएका छौं, तपाईहरुकै निमित्त। तपाईले उज्यालो बाटो, पवित्र बाटो समाउनुस्। शान्तिको बाटोमा हिँड्नुस्। म यही सन्देश दिन चाहन्छु। मेरो समय छोटो भएकाले मैले जाने बेला भएको छ। मलाई यहाँ बस्ने मन थियो। तर, आज मैले धेरै ठाउँ पुग्नु पर्ने भएकाले यति मात्र बोल्छु। तपाईहरुले हाँकेका, ताकेका सम्पूर्ण कुरा पूर्ण होस्। तागेरा निङवाभूमाुङले तपाईंहरुको रक्षा गरोस्। यहाँ हामी विभिन्न जात जाति छौं। हामी सबै माङको फूलबारी हौं। हामी सबै माङका सन्तान हौं। हामी सबैलाई माङले रक्षा गरुन्। हामीले चिताएको सफल होस्। हामीमा माङले शान्ति प्रदान गरुन् भन्ने कामना गर्दै आज १२४औं फाल्गुनन्द जन्मजयन्तीको अवसरमा हामी सबैलाई महागुरुले ज्ञान दिऊन्। हामी सबैको आत्मामा शान्तिको बत्ती बलोस्। यही शुभकामना र आशीर्वाद दिँदै बिदा लिन चाहन्छु। आसेवारो। तियाहा, तियाहा।

साभार : किरात धर्म : अहिंसा, शान्ति र मुक्तिको मार्ग

पहिलाको समाचार

धर्म थाम्ने नालीफूङवा

अर्को समाचार

तिम्रो छेउमा बस्दा मण्डल र सिर्जना

संबन्धित Posts

पृथ्वीले पनि उपचार खोज्दो रहेछ
माङसिवाखाहुन

धर्म बिना पार तरिन्दैन

२०७७ अशोज १४
0
धर्म थाम्ने नालीफूङवा
माङसिवाखाहुन

धर्म थाम्ने नालीफूङवा

२०७७ अशोज ११
0
सबैको माङ एउटै
माङसिवाखाहुन

सबैको माङ एउटै

२०७७ अशोज ११
0
अर्को समाचार
तिम्रो छेउमा बस्दा मण्डल र सिर्जना

तिम्रो छेउमा बस्दा मण्डल र सिर्जना

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८
0

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In