• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
सोम, जेष्ठ २०, २०८२
Mon, June 2, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
No Result
View All Result
गृहपृष्ठ माङसिवाखाहुन

धर्म थाम्ने नालीफूङवा

२०६३ मंसिर २३ गते किरात साम्यो नालीफूङवा पान्जुम्भोको दोस्रो ऐतिहासिक सम्मेलन, माङसेबुङ

२०७७ अशोज ११
in माङसिवाखाहुन
0 0
धर्म थाम्ने नालीफूङवा

श्रदालु भक्तप्रेमी,
धर्मिक मञ्चमा उपस्थित उपप्रधानमन्त्री अमिक शेरचनज्यू, सुरक्षाकर्मी मित्रहरु, पत्रकार बन्धुहरु र नालीफूङवा मित्रहरु।

आज नालीफूङवा पान्जुम्भोका दोस्रो ऐतिहासिक सम्मेलन सम्पन्न हुन गइरहेको छ। नालीफूङवा पान्जुम्भो किरात धर्मका युवाहरुको संगठन हो। मैले नालीफूङवाहरुलाई शान्तिको पक्षमा, धर्म, संस्कार, संस्कृतिको पक्षमा लाग्न सम्झाउँदै आएको छु।
भोलि यो धर्म, भाषा, लिपि, संंस्कृति थाम्ने, प्रचारप्रसार र विकास गर्ने नालीफूङवाहरु नै हुन्। यो धर्मलाई थाम्न नालीफूङवाहरुले नै काँध थाप्नु पर्छ। नालीफूङवाले सोच्नु पर्ने, सिक्नु पर्ने र होसियार हुनु पर्ने धेरै कुरा छन्। धार्मिक, राजनीतिक, सामाजिक र सांस्कृतिक विषयमा सोच्ने दिन आएको छ। यसका साथै आफ्नै भविष्य निर्माणमा पनि ध्यान दिनु पर्छ। अहिले धेरै खालका दुव्र्यसनीहरु आएका छन्। विभिन्न रोगहरु आएका छन्। यसबाट बच्नु पर्छ।

सम्बन्धित समाचार

धर्म बिना पार तरिन्दैन

सबै जाति, माङको फूलबारी

सबैको माङ एउटै

म नालीफूङवाहरुलाई महागुरुले निर्माण गर्नुभएको सत्य धर्म मुचुल्कालाई ध्यान दिन अनुरोध गर्न चाहन्छु। वि.सं. १९८८ बैसाक २४ गते महागुरु फाल्गुनन्दले किरातीहरुको चुम्लुङ गराएर सत्य धर्म मुचुल्का बाँध्नुभएको थियो। मुचुल्कामा वहाँले बलि पूजा नगर्ने, सोतरीत नखाने, माङहिम निर्माण गर्ने, लिखित मुन्धुम चलाउने, आफ्नो मातृभाषामा शिक्षा लिने, दिने गर्नु पर्छ भन्नुभएको छ। माङसेवा गर्दा जीव हत्या नगर्नु भन्नुभएको छ। महिला स्वतन्त्रतामा जोड दिनुभएको छ। महिलालाई माङसा समान मान्नु पर्छ भन्नुभएको छ। कर्म संस्कार गर्दा कम खर्चमा गर्नु पर्ने भनिएको छ। यो अहिले पनि युग सुहाउँदो छ। वहाँले भन्नुभएको धेरै कुरा पुगेको पनि छ। हामीले यी कुरालाई कहिल्यै भूल्नु हुँदैन।

हामीलाई महागुरु फाल्गुनन्दबाट थुप्रै ज्ञान प्राप्त भएको छ। वहाँले भन्नुभएको थियो, ‘पछि तिमीहरुको धर्म के भनेर सोध्छन्। त्यतिबेला किरात धर्म भन्नु। आफ्नो धर्म कहिल्यै नछोड्नु। राज्यको कानुनले मान्न नदिए कर तिरेर पनि धर्म मान्नु’ भन्नुभएको छ। त्यसैले नालीफूङवाहरुलाई यो धर्म जुनसुकै अवस्थामा पनि नछाड्न भन्छु।

यहाँ थुप्रै नेता, मन्त्री, प्रधानमन्त्री, राजा पनि आएको छ। सम्मान प्राप्त गरेर जान्छन्। तर, हाम्रो विकासका निम्ति केही पनि गरेका छैनन्। आज भाग्यवस हाम्रै किराती उपप्रधानमन्त्री अमिक शेरचन उपस्थित हुनुभएको छ। वहाँ स्वास्थ्य मन्त्री पनि हुनु हुन्छ। वहाँलाई मेरो अनुरोध यहाँ स्वास्थ्य उपचारको ठूलो समस्या छ। यहाँ अस्पताल चाहियो। यहाँ बिमारी भइयो भने दमक वा विराटनगर पुग्नु पर्छ। यहाँको स्वास्थ्यका लागि काम गर्नु पर्‍यो। अस्ती भर्खर सुवासचन्द्र नेम्बाङलाई पनि यहाँ बाटो राम्रो बनाउनु पर्‍यो भनेको छु।

हाम्रा किरातीहरुले पनि राजनीतिमा माथि जान सकून् भन्ने मेरो आशीर्वाद छ। पहिला किरातीहरुलाई ठूलो ठाउँमा जान दिँदैन थिए। मैले स्वयं देखेको छु। मलाई त्यतिबेला लाग्यो, हामीलाई कति दबाइएको रहेछ। राज्यले कति विभेद गर्छ। बहुदल, लोकतन्त्र आएपछि थकालीजी उपप्रधानमन्त्री हुनु भयो। पूर्व लिम्बुवानका पद्मसुन्दर लाओती गृहमन्त्रीसम्म हुनु भयो। अन्य धेरै मन्त्रालयको मन्त्री बन्नु भयो। तर, दु:ख लाग्दो वहाँहरुले आफ्नो धर्म (किरात धर्म)लाई हेर्नुभएको छैन। आफ्ना निम्ति मात्र हेर्नुभएको छ। अब मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति हुन्छन् किरातीहरु। त्यतिबेला किरात धर्म, भाषा, लिपि, संस्कृतिलाई भुल्नु हुँदैन। यसको विकास र संरक्षणमा लाग्नु पर्छ। आफ्नो घर आफैं बनाउनु पर्छ।

अहिले हाम्रा नेताहरु नयाँ नेपाल निर्माण गर्ने भन्छन्। पहिले पनि नयाँ नेपाल बनाउने भन्थे। बनाउन चाहिँ केही बनाएका छैनन्। मलाई त विश्वास नै लाग्न छाडेको छ। हिजो माओवादी आयो। मारामार भयो। यो माङहिम भण्डै जलाइदिए। यो ग्राउण्डमा परेड खेल्ने भने। मैले ‘यो ठाउँ तपाईहरुको पनि सेवा गर्ने ठाउँ हो। हतियार चाहिँ पर राखेर मात्र आउनुस् है।’ भनेको थिएँ। भोलि त शान्ति चाहिन्छ, धर्म त चाहिन्छ है भनेका थिएँ। शान्तिविना कसरी राज्य सञ्चालन र विकास गर्नु हुन्छ भनेको थिएँ।

गन्थन त धेरै थियो। समय छोटो छ। आज उपप्रधानमन्त्री व्रत बसेर माङसेवा गर्दै आउनुभयो भन्ने सुनेर मलाई धेरै खुशी लागेको छ। धार्मिक हिसाबले आउनुभएको रहेछ। वहाँलाई मेरो आशीर्वाद छ। मेरो चेलाभूला सबैका जातिका छन्। सूर्यले सबैलाई ताप दिए झैं मैले पनि सबैलाई ज्ञान दिनु पर्ने हुन्छ। आशीर्वाद दिनु पर्छ।

अन्त्यमा, मेरो सम्पूर्ण भक्तजन र मानवलाई रक्षा होस्। शान्तिसँग जीउन पाऔं। दिगो शान्ति होस् भन्ने आशीर्वाद दिँदै मेरो भनाइ यही अन्त्य गर्न चाहन्छु। आसेवारो, तियाहा।

साभार : किरात धर्म : अहिंसा, शान्ति र मुक्तिको मार्ग

पहिलाको समाचार

सबैको माङ एउटै

अर्को समाचार

सबै जाति, माङको फूलबारी

संबन्धित Posts

पृथ्वीले पनि उपचार खोज्दो रहेछ
माङसिवाखाहुन

धर्म बिना पार तरिन्दैन

२०७७ अशोज १४
0
सबै जाति, माङको फूलबारी
माङसिवाखाहुन

सबै जाति, माङको फूलबारी

२०७७ अशोज ११
0
सबैको माङ एउटै
माङसिवाखाहुन

सबैको माङ एउटै

२०७७ अशोज ११
0
अर्को समाचार
सबै जाति, माङको फूलबारी

सबै जाति, माङको फूलबारी

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८
0

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In