माङ्सेबुङ : किरात धर्मको विविध विषयबारे एक अन्तरक्रिया शनिबार भदौ १३ गते (अगष्ट 29, 2020 )
सम्पन्न भएको छ ।
किरात धर्म तथा साहित्य उथान संघको आयोजनामा भएको सो भर्चुअल बैठकमा संघका वरिष्ठ उपाध्यक्ष दङ्गधोज खोयाहाङ,
मुख्यसचिव संकल्प लिङ्देन,रेडियो माङ्सेबुङका स्टेशन प्रमुख सुमन लाओती,संघको राष्ट्रिय समिति बेलायतका सचिब लालबहादुर लिङ्देन, संघको तेह्रथुम अध्यक्ष राजकुमार तेन्युङ तरेबा, सुन्सरीका अध्यक्ष बुद्धिमान थाङ्देन, मुकुमलुङ माङ्हिमका सचिब ज्ञानु फुरुम्बो चरपे, एकताप्पा माङ्हिमका अध्यक्ष पन्च योङ्हाङ, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका पुर्व सदस्य मङ्गलसिङ लाओती लगायतको सहभागीता थियो ।
संघका अध्यक्ष डकेन्द्रसिङ थेगिमको अध्यक्षतामा उपाध्यक्ष माङमिङसोहाङ लिङदेनले सञ्चालन गर्नुभएको जुम भर्चुअल अन्तरक्रियामा किरात धर्मको धरोहरमा भैरहेको आक्रमणबारे र अबको रणनीतिबारे छलफल भएको थियो । अन्तरक्रियामा संघका सुनसरी अध्यक्ष थाङ्देनका अनुसार माङहिम निर्माण भैसकेको तर लकडाउनका कारण उद्घाटन गर्न नपाएको बताउनुभयो । तेह्रथुम अध्यक्ष तेन्युङले भने आफ्नो गुनासो राख्दै केन्द्रले गर्नुपर्ने काम नगरेका कारण जिल्लामा कठिनाइ भएको बताउनु भयो । उनले, मेन्छ्यायेमको घटनाबारे पुन प्रस्ट्याउनुहुदै त्यहाको संरचना पुरै ध्वस्त पारिएपनि केन्द्रिय सस्था माङ्गेन्ना समितिले कुनैपनि चासो नदेखाइएकोमा दु:ख ब्याक्त गरे । फेदाप नगरपालिकाको पोक्लाबाङमा पनि माङ्हिम र फाल्गुनन्द प्रतिमा राख्न तयारी भैरहेको जानकारी गराउनुभयो । यस्तै म्याङ्लुङ नगरपालिका १ स्थित बि. सं. १९८५ सालमा महागुरु फाल्गुनन्दज्युले ७ दिन ७ रात नाम्धुङ लाधुङसेमि सेवा गर्नुभएको स्थानमा फाल्गुनन्द प्रतिमाको सम्पुर्ण तयारी भैसकेको बताउनु भयो । फाल्गुनन्दज्यु बाँस बस्नुभएको स्थान त्यही आसपासमा भएकोले सो स्थानको जग्गापनि जग्गादाताले सौजन्य गर्नुहुने त्यहाँपनि माङ्हिम बन्ने भएको बताउनु भएको थियो ।
मुकुमलुङ माङ्हिमका सचिव फुरुम्बोले पनि ताप्लेजुङमा गएको महिना घटेको घटनाबारे केही जानकारी गराउनुभएको थियो ।
संघका राष्ट्रिय समिती बेलायतका सचिब लिङ्देनले पनि आफ्नो बिचार व्यक्त गर्नुभएको थियो ।
सो भर्चुअल अन्तरक्रिया करिब २ घण्टासम्म संचालन भएको थियो ।
Discussion about this post