माङसेबुङ, १४ मंसिरः इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेन ६७ औं जन्मोत्सवमा सार्वजनिक विदा दिएको छ ।
गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार मंसिर १८ गते किरात धर्मगुरु महिङगुम अङसीमाङ आत्मानन्द लिङदेनज्यूको जन्मोत्सवमा स्थानीय सार्वजनिक विदा दिइएको माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिनुएको छ ।
गाउँपालिकाले यस निर्णयलाई निरन्तरता दिएकोमा किरात चोत्लुङ अङसीमाङगेन्ना सेवा समिति र किरात धर्म तथा साहित्य उथान संघले धन्यवाद प्रकट समेत गरेको टेलिफोन सम्पर्कमा जानकारी दिनुभएको छ ।
किरात धर्मगुरु लिङदेन राष्ट्रिय विभूति फाल्गुनन्दका पूनर अवतारको रुपमा मानिनुभएका उहाले किरात समुदायमा पुर्याएको योगदानको सम्मानस्वरुप सार्वजनिक विदा दिइएको अध्यक्ष इदिङ्गोले बताउनुभयो ।
धर्मगुरु लिङदेनको जन्मोत्सव १८ मंसिरमा यस वर्ष कोरोना भाइरसका कारण आ आफ्नो क्षेत्रमा जन्मोत्सव मनाउने र माङसेबुङमा भने स्वास्थ्य मापदण्ड पुरा गरि मनाइने आयोजकले जनाएको छ ।
Discussion about this post