माङसेबुङ, १३ मंसिर । माङसेबुङ गाउँपालिकामा किरात ‘लिम्बू भाषा’ कामकाजी लागू गरिएको तेस्रो वार्षिक उत्सव मनाइएको छ ।
वडा नम्बर ५ मा स्थानीय ‘लिम्बू भाषा’ लाई कामकाजी घोषणा गरिएको दोस्रो वर्ष पूरा भएको उपलक्ष्यमा शनिबार विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाइएको हो । १ हजार ८ सय ८ वटा दीप प्रज्वलन गरि जनप्रतिनिधि, कर्मचारी र स्थानीयले वार्षिक उत्सव मनाएका हुन् । स्थानीय भाषालाई सरकारी कामकाजी बनाएको खुसीयालीमा स्थानीयबासीहरु दीप प्रज्वलन कार्यक्रममा सहभागी भएका थिए भने वडा नं. ५ को १८ ओटै टोलमापनि दिपप्रज्वलन गरि दिपावली गरि हर्सोलास मनाएका छन् ।
किरात धर्मगुरु आत्मानन्द लिङदेनज्यूको देवउपस्थितीमा कार्यक्रम ५ नम्बर वडा अध्यक्ष नरेन्द्रकुमार राईको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा माङसेबुङ ५ का वडाका समाजसेवी, राजनितिक प्रतिनिधि, लिम्बू विद्यार्थी मञ्चका बरिष्ठ उपाध्यक्ष नितेस सिंगक, जनमुक्ति पार्टी विद्यार्थी संगठनका प्रतिनिधि प्रदिप नेय‘ङ, विशेष अतिथि किरात चोत्लुङ अङसी माङगेन्ना समितिका अध्यक्ष केहरसिं योङहाङ, गुरुका कानुनी सल्लाहकार एनएस फागोलगायतले मन्तव्य राखेका थिए ।इतिहासमा पहिलो पटक स्थानीय लिम्बू भाषालाई कामकाजी भाषाका रुपमा लागू गरिएको स्मरणमा वार्षिक उत्सव मनाउन थालिएकोमा खुसी व्यक्त गर्नु हुदै विशेषअतिथि योङहाङले बताउनु भयो ।
कार्यक्रममङा धर्मगुरु आत्मानन्द लिङदेनज्यूले धार्मिक प्रवचन समेत दिनुभएको थियो।
धार्मिक प्रवचनमा धर्मगुरुज्यूले सबै समुदायलाई मातृभाषामा बोल्न र लेख्न पढन आग्रह गर्नहुदै उहाले मातृभाषा र लिपिको विकासले मात्र राज्य शक्तिमा पहुच पुग्ने बताउनु भयो । मलाई खुसी लागेको छ युवाहरुले किरात भाषा र लिपिलाई प्रयोग गरेर भाषाप्रति देखाउनु भएको चासोलाई हेर्दा अव हाम्रो मात्रृभाषा नहराउने र नमेटिने विश्वास लागेकोमा म हर्षित भएको छु ।
गुल्सन आङबुहाङको अध्यक्षतामा भएको कार्यक्रममा इलाम, ताप्लेजुङ, झापा, पान्थरलगायतका किरात धर्मावलम्बीहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post