• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
शनि, जेष्ठ २५, २०८२
Sat, June 7, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
No Result
View All Result
गृहपृष्ठ समाचार

माङसेबुङमा कक्षा ११ को परीक्षा सुरु

२०७७ कार्तिक २०
in समाचार
0 0
माङसेबुङमा कक्षा ११ को परीक्षा सुरु

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा कक्षा ११ को वार्षिक परीक्षा सुरु भएको छ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अन्तर्गत कक्षा ११ को परीक्षा बिहीबारदेखि सुरु भएको हो ।माङसेबुङ गाउँपालिका वडा नम्बर ५ को सरस्वती माध्यमिक विद्यालयमा विहीबार ऐच्छिक नेपाली र ऐच्छिक अर्थशास्त्र विषयको परीक्षा सम्पन्न भयो । सो विद्यालयमा नियमिततर्फ ५३ जना र आंशिकतर्फ ३३ जन विद्यार्थी कक्षा ११ को परीक्षामा समेल हुँदैछन् ।

आवश्यक सामाजिकरभौतिक दूरी कायम गरी परिक्षा संचालन गरिएको केन्द्राध्यक्ष हरिप्रसाद आङ्देम्बेले बताउनुभयो ।

सम्बन्धित समाचार

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

विद्यालयमा परीक्षार्थीको बसाई आवश्यक दुरीमा राखिएको छ । परिक्षार्थीको अनिवार्य ज्वरो मापन गरि मास्क र सेनिटाइजरको प्रयोग गरि परीक्षा हलमा प्रवेश गराउने व्यवस्था गरिएको छ । त्यसका लागि स्वास्थ्यकर्मीहरुको समेत व्यवस्था गरिएको छ । सरस्वती माविमा आगामी २८ कात्तिकसम्म परीक्षा संचालन हुनेछ ।त्यसैगरी वडा नम्बर ६ को चिसोपानी माध्यमिक विद्यालय र वडा नम्बर १ को महेन्द्रोदय माध्यमिक विद्यालयमा शुक्रबारदेखि परीक्षा संचालन हुँदैछ । दुवै विद्यालयमा संचालन हुने परीक्षाको सबै तयारी पूरा भएको छ । परीक्षा विहान ८ बजेदेखि संचालन हुनेछ । ती विद्यालयमा पनि परिक्षार्थीको अनिवार्य ज्वरो मापन गरि मास्क र सेनिटाइजरको प्रयोग गरि परीक्षा हलमा प्रवेश गराउने र परीक्षाहलमा समेत आवश्यक दूरी कायम गरिने विद्यालयले जनाएका छन् ।

चिसोपानी माध्यमिक विद्यालयमा नियमिततर्फ ७५ र आंशिकतर्फ ११ जना विद्यार्थी परीक्षामा सामेल हुने प्रधानाध्यापक तिलबिक्रम सुब्बाले जानकारी दिए । त्यसैगरी महेन्द्रोदय माध्यमिक विद्यालयमा नियमिततर्फ २६ र आंशिकतर्फ १६ जना विद्यार्थी परीक्षामा सामेल हुने प्रधानाध्यापक प्रकाश निरौलाले जानकारी दिनुभयो ।
यता सम्बन्धित विद्यालयमा नै संचालन सुरु भएको कक्षा ११ को वार्षिक परिक्षाको माङसेबुङ गाउँपालिकाले अनुगमन तथा निरीक्षण गरेको छ ।

गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको नेतृत्वमा कर्मचारी, पत्रकार र सुरक्षा निकायसहितको टोलिले बिहीबार सुरु भएको माङसेबुङ ५ को सरस्वती माविको परीक्षा र शुक्रबार सुरु हुने चिसोपानी मावि र महेन्द्रोदय माविको अनुमगन तथा निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा गाउँपालिकाले विश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि मर्यादित रुपमा परीक्षा संचालन गर्न सम्बन्धित विद्यालयलाई निर्देशन दिएको थियो ।

राष्ट्रिय परिक्षा बोर्डले गत जेठमा संचालन गर्ने कक्षा ११ को वार्षिक परिक्षा विश्व महामारी कोरोना भाइरस ९कोभिड १९० का कारण अनिश्चितकालीन स्थगित गरेको थियो । हाल कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ बमोजिम गाउँपालिकाका सबै विद्यालयको परिक्षा सुरु गरिएको माङसेबुङ गाउँपालिकाले जनाएको छ ।सो कार्यविधि जारी भएपछि मात्र शैक्षिक सत्र सकिएको करिब ६ महिनापछि कक्षा ११ को वार्षिक परीक्षा संचालन गर्ने बाटो खुलेको थियो । उता कक्षा १२ को परीक्षा पनि आगामी ९ मंसिरदेखि संचालन गर्ने गरि राष्ट्रिय परिक्षा बोर्डले तालिका सार्वजनिक गरिसकेको छ ।

पहिलाको समाचार

नतिजा आउनुअघि नै बाइडनले ह्वाइटहाउस जाने तयारी थाले

अर्को समाचार

प्रदेश १ मा ३१५ संक्रमित थपिए, ३५० डिस्चार्ज

संबन्धित Posts

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश
ब्रेकिङ्ग न्युज

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८
0
अर्को समाचार
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा ३१५ संक्रमित थपिए, ३५० डिस्चार्ज

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८
0

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In