झापा : मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि आज भारतको सिलगुढी लगिएको छ।
कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उनी केही दिन होम आइसोलसन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत थिए।
मधुमेहका बिरामी उनको स्वास्थ्य अवस्था झन् कमजोर हुँदै गएपछि आज साँझ एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै सिलिगुढी लगिएको परिवारले जनाएको छ।
Discussion about this post