काठमाडौं : प्रधामन्त्री केपी शर्मा ओलीको सचिवालयले निशान छापमा रहेको नयाँ नक्सालाई विवादमा तान्न खोजिएको दाबी गरेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शुक्रबार साँझ एक प्रेस नोट जारी गर्दै सानो आकारको निशान छाप प्रयोग गर्दा हुन सक्ने प्राविधिक विषयलाई अनावश्यक उचालिएको बताएका छन्
प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंको उपलक्षमा ट्वीट गर्नुभएको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्सालाई विवादमा तान्न खोजिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छु, उनले भनेका छन्, नक्साको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वभाविक हो। यस तथ्यलाई केही ठूलो आकारको त्यही नक्सामा प्रष्ट देख्न सकिन्छ।ु
उनले डिजाइनको सानो कुरालाई नबुझी राजनीति गर्न खोजिएको बताएका छन्। ुडिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यको नजिक पुग्नसमेत आग्रह गर्दछुु, उनले भनेका छन्।
Discussion about this post