काठमाडौं : चन्द्रागिरीकी गंगा ढुंगानाले पिसिआर परीक्षणको लागि शसस्त्र प्रहरी बल कोभिड अस्पतालमा नमूना दिएको सोमबार ६ दिन पुरा भएको छ।
उनले गत मंगलबार नमूना परीक्षण गर्न दिएकी थिइन्। उनी ६ दिनदेखि आइसोलेसनमै बसिरहेकी छिन्। तरकारी बजार र दैनिक सामान किन्न पसल गइरहने गरेको र रुघाखोकी देखिएपछि उनी शंका लागेर परीक्षण गर्न गएकी हुन्।
अहिले खास लक्षण नभएपनि धेरै दिनदेखि रिपोर्ट बिना आइसोलेसनमा बस्दा दिक्क भएको बताइन्। नमूना दिंदा अस्पतालले दुई दिनपछि सम्पर्क गर्नु भनेको थियो। रिपोर्ट आउने अवधिसम्म दोधारमा करिव एक साता कोठाभित्रै बस्न बाध्य भएको बताइन्। ‘
Discussion about this post