झापाः जिल्लाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा तीन जना डाक्टरमा शुक्रबार कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएपछि अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ ।
अस्पताल प्रसाशनले कन्ट्रयाक ट्रेसिंगका लागि आइतवारसम्मका लागि ओपिडी सेवा बन्द गरेको मेडिकल सुपरिटेण्डेट डा। पिताम्वर ठाकुरले बताएका छन् । अस्पतालमा शुक्रबारको कोरोना भाइरसको पिसीआर परीक्षण पनि स्थगित भएको छ । सूचना अधिकृत मनोज पोखरेलका अनुसार डाक्टरको सम्पर्कमा रहेका लगभग २० जना स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टिनमा रहेका छन् ।
Discussion about this post