माङसेबुङ १८ मंसिर। किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले कोरोना विश्वमा फैलिएपनि अब त्यस्तो विकारल नलिने बताउनु भएको छ ।
बिहीबार धर्मगुरुले सो कुरा ६७ औं शुभजन्मोत्सवको धन्यवाद आशिर्वचनमा बताउनु भयो । उहाले सबै राजनितिक दलले देशलाई समृद्ध बनाउन एक भएर देश विकासमा लाग्न समेत बताउनु भयो । राजनितिक खिच्चातानी नगरी एक भएर लाग्न अनुरोध गर्दछु ।
बिहीबार नै प्रमुख अतिथि नेम्बाङले माङसेबुङ ३ इलाममा निर्माण गरिएको १५ शैयाको आत्मानन्द अस्पताललाई समेत उद्घाटन गर्नुभयो । ६७ जना सेवासेवाहरुबाट मुन्धुम वाचन गरी माङ्गेन्ना गर्दै माङलाङ केलाङ, नाहेन लाङ गर्दै साझ बृहत सांस्कृति कार्यक्रम भएको थियो ।
मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सवको अवसरमा विगतका वर्ष झै मंगलबार साक्मुरा वादेम्मा गरिएको र बुधबार किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी सेवा सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
त्यसैगरी भव्य रुपमा आयोजना गरिँदै आएको आत्मानन्द गोल्ड कप यस वर्ष कोरोनाका कारण स्थगन गरिएपनि सामान्य स्थानीय माङसेबुङ परिसरका खेलाडीहरुको सहभागितामा बुधबार १ दिने खेलकुद कार्यक्रम आयोजना गरिएको छ ।
समारोहमा प्रमुख अतिथि नेम्बाङ, प्रदेश सांसदद्धय धिरेन्द्र शर्मा र आशारत्न चवेगू, संविधान सभा सदस्य आइन्द्र सुन्दर नेम्बाङ, माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगो, किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक महासचिव चन्द्रकुमार सेर्मा लगायत उपस्थित हुनु भएको थियो ।
मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोह समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा भएको छ ।
समारोहमा स्वागत मन्तव्य समारोहका सह अध्यक्ष तथा किरात धर्म तथा उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले राखेका थिए भने महासचिव काकीराम लाओतीले सञ्चालन गरेका थिए ।
Discussion about this post