माङसेबुङ,११ मंसिर । किरात धर्मका एक होनाहार व्यक्तित्व रानीटारे गुरु नरदल फेजङ नेम्बाङको देहावसान हुनुभएको छैटो दिनमा किरात धर्मगुरुदम्पती रानीटार माङसवार हुनुभएको छ ।
विहिबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनज्यूहरुको माङसवार हुनुभएको हो । किरात धर्म दर्शनदाता महागुरु फाल्गुनन्द लिङ्देनसँग बाल्यकालमा पटक पटक भेटघाट गर्नुका साथै महागुरुकै कारण पनि किरात धार्मिक कार्यमा आजीवन लाग्नुभएका फेजङको समाधिस्थलमा गुरुदाम्पतीले माटो दिने कार्य गर्नुभयो । उहाहरुले साम्जा चढाउने र शोकाकुलपरिवारलाई समबेदना र मृतकको आत्मा माङमा लिन हुनुभएको कुरा किरात धर्मगुरुज्यूले आशिर्वचनमा बताउनुभयो ।
महागुरुका समकालिन चेला फेजङको नाममा १ हजार ८ दिपप्रज्वल अङसीमाङ अङसीमामाङ हस्तवाहुलीमा भएको थियो ।
किरात साम्जीक मुन्धुमका साथै किरात इतिहासविद इमानसिं चेम्जोङसँगको सामिप्यताले किरात इतिहासबारे तथा किरात ज्योतिषविद रनधोज नेम्बाङको संसर्गले किरात ज्योतिषमा समेत राम्रो पकड रहेका नरदलको शोक सभामा किरात धर्म तथा साहित्य उथान संघका अध्यक्ष डकेन्द्रसिं थेगिम, किरात चोत्लुङ अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, निजी गुरु आश्रम भौतिक निर्माण समितिका कोषाध्यक्ष सेरबहादुर लाओती, सहकोषाध्यक्ष यादबचन्द्र फुरुम्बो, कृषि समितिका सचिव उदयविक्रम तुम्बापो, निजी सचिवालय प्रतिनिधी खडक साम्बा, माङगेन्नाका सह कोषाध्यक्ष विष्णुमाया तुम्बाहाङफे नेम्बाङ वंश उथानका अध्यक्ष नन्दकुमार नेम्बाङ, किरात सिद्ध हाङसाम माङहिमका अध्यक्ष पञ्चबहादुर योङहाङ, समाजसेवी केन्द्रसिं फुरुम्बोलगायको उपस्थिति रहेको थियो ।
अत्यन्तै मिलनसार, मृदुभाषी, विचारमा अडिग, विविध विषयमा गहिरो ज्ञान भएका सेतै फुलेका लामो केश, दाह्री जुँगा सहितको हेर्दै साधु, सन्त, महन्त जस्ता देखिने उनको भौतिक शरीर यस लोकमा मंसिर ३ गते ७९ वर्षको उमेरमा अस्त हुनुभएको थियो । तस्वीर सौजन्यः सुमन लाओती
शोक सभामा किरात धर्मगुरुज्यूले प्रकट गर्नुभएको समवेदना आशिर्वचनः
Discussion about this post