माङसेबुङ, ९ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले देशभर कक्षा १२ को परीक्षा आजबाट सञ्चालन गरेको छ । कोभिड १९ का कारण गत बैशाखमा सञ्चालन हुने परीक्षा स्थागित गरेको परीक्षा बोर्डले ४० प्रतिशतको परीक्षा मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले वार्षिक परीक्षा विद्यालय विद्यालयमा नै सञ्चालन गरेको छ । माङसेबुङको सरस्वती माध्यमिक विद्यालयमा पनि कक्षा १२ को वार्षिक परीक्षा स्वास्थ्य मापदण्डअनुसार सञ्चालन भएको केन्द्राध्यक्ष हरिप्रसाद आङदेम्बेले जानकारी दिनुभयो ।
नियमित तर्फ ४८ जना परीक्षार्थीले फाराम भरेपनि ४२ जना सहभागी भएको थियो । ६ जना अनुपस्थित रहेको बताउनुभयो । आंसिक तर्फ १२ जनाले फारम भरेपनि १० जनामात्र परिक्षामा सामेल भएको केन्द्राअध्यक्ष आङदेम्बेले रेडियो माङसेबुङलाई बताउनुभयो ।
यस्तै माङसेबुङकै वडा नं. ६ स्थित चिसोपानी माध्यामिक विद्यालयमा पनि परिक्षा संचालन भएको छ । नियमिततर्फ ४२ जनाले फारम भरेपनि ४१ जना मात्र परिक्षामा सामेल भए । आंसिकतर्फ २१ जनाले फारम भरेका थिए तर परिक्षामा भने १६ जना सामेल भएको केन्द्रअध्यक्ष टिबी सुब्बाले जानकारी दिनुभयो ।राष्ट्रिय परीक्षा बोर्डको कार्यविधि २०७७ को पूर्ण पालनाका साथ मर्यादित रूपमा सञ्चालन भइरहेको दूबै विद्यालयका केन्द्राध्यक्ष, सायक केन्द्राध्यक्ष मनकुमार लिम्बू र टिबी सुब्बाले जानकारी दिनुभयो । परीक्षार्थीलाई सामाजिक दूरी कायम गरी सञ्चालन गरेका छन् ।
Discussion about this post