पाँचथर: ३ मंसिर/ सुमन लाओती
मिक्लाजुङ गाउँपालिकामा कोरोना भाइरस सङ्क्रमणका कारण एक जनाको मृत्यू भएपछि निषेधाज्ञा जारी गरिएको छ। मिक्लाजुङ–४ साविक रबी ५ का ४७ वर्षीय ती व्यक्तिको होम आइसोलेसनमै मृत्यु भएको गाउँपालिका अध्यक्ष अमरराज माखिमले रेडियो माङसेबुङलाई जानकारी दिनुभयो । माखिमका अनुसार कोरोना संक्रमितको संख्या दिनानुदिन वढ्दै गएकाले आजदेखि मंसिर ८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।
गाउँपालिका अध्यक्षद्धारा हस्ताक्षरित सूचनामा अत्यावश्यकबाहेक सम्पूर्ण सेवा ६ दिनका लागि बन्द गरिएको छ ।
गाउँपालिका भित्रका औषधी पसल, दुग्ध डेरी, रवि बजार क्षेत्र, सप्तमी बजार, चिसापानी पञ्चमी बजार, सामुदायिक तथा निजी शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने जनाएको छ । निर्माण सामग्री बोकेका मालवाहक, एम्बूलेन्स सव बाहनलाई मात्र खुल्ला गरेको गाउँपालिकाद्वारा बुधबार जारी सूचनामा उल्लेख छ।
अहिले उक्त गाउँपालिकामा कोरोना संक्रमितको संख्या १४ पगेको छ ।
कात्तिक ४ गते झापाको दमकबाट रवि आएकी एक महिलामा गरिएको परीक्षणमा कोभिड–१९ सङ्क्रमण देखिएको थियो।
Discussion about this post