काठमाण्डौ, मंसिर ३ गते
किरात धर्मका एक होनाहार व्यक्तित्व मानिने रानीटारे पुजारी उपनामले परिचित नरदल फेजङ नेम्बाङको आज बिहान ७९ वर्षको उत्तरार्धमा देहावसान भएको छ।
किरात धर्म दर्शनदाता महागुरु फाल्गुनन्द लिङ्देनसँग बाल्यकालमा पटक पटक भेटघाट गर्नुका साथै महागुरुकै कारण पनि किरात धार्मिक कार्यमा आजीवन लाग्नुभएका उनलाई यही कारण महागुरुका जीवित चेला भनेर समेत सम्बोधन गर्ने गरिन्थ्यो। किरात साम्जीक मुन्धुमका साथै किरात इतिहासविद इमानसिं चेम्जोङसँगको सामिप्यताले किरात इतिहासबारे तथा किरात ज्योतिषविद रनधोज नेम्बाङको संसर्गले किरात ज्योतिषमा समेत राम्रो पकड रहेका उनको जीवन किरात धार्मिक, परोपकारी तथा सामाजिक कार्यमा नै बित्यो।
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ऐतिहासिक स्थल पान्थरको रानीटारमा बसोबास गर्ने उनको पछिल्लो समय शारीरिक अस्वस्थतामा नै बितेको थियो। तथापि, उनको दिनचर्यामा त्यसले त्यति प्रभाव पारिरहेको थिएन।
किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ लाई महागुरुको नै साक्षात अवतार ठान्ने उनले गुरु तथा गुरुआमा साँबा पवित्रहाङमा लिङ्देनलाई आफ्नो अभिभावक, मार्गनिर्देशक ठान्दै निर्देशित कार्यमा उनी अन्तिम घडीसम्म लागि परेका थिए।
अत्यन्तै मिलनसार, मृदुभाषी, विचारमा अडिग, विविध विषयमा गहिरो ज्ञान भएका सेतै फुलेका लामो केश, दाह्री जुँगा सहितको हेर्दै साधु, सन्त, महन्त जस्ता देखिने उनको भौतिक शरीर यस लोकमा आज अस्त भएको छ।
आजभन्दा ठीक २ वर्ष अघि उनकै निवास रानीटारमा लिइएको लामो कुराकानीको एक अंश
Discussion about this post