माङसेबुङ : राष्ट्रिय विभूति एवं किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती आज धुमधामका साथ मनाइँदै छ।
१९४२ कात्तिक २५ गते इलामको माङसेबुङ गाउँपालिका–२ चुक्चिनाम्बामा जन्मिनुभएका फाल्गुनन्दले समाज सुधारका लागि खेल्नुभएको भूमिकाको सम्मान गर्दै उहाको जन्मजयन्ती धुमधामका साथ मनाउने गरिएको हो ।
फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश दिनुहुदै राष्ट्रपति विद्यादेवी भण्डारीले हामी सबैलाई समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाजको निर्माण गर्नका लागि समाज सुधारका अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
किरात धर्मावलम्बीहरुले फाल्गुनन्दले समाज सुधारका लागि खेल्नुभएको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, धनकुटा, संखुवासभा, मोरङ, सुनसरीका साथै किरात धर्मावलम्बी रहेका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरी हरेक वर्ष कात्तिक २५ गते उनी जन्मिएको पावन दिन किरात पर्वका रुपमा जन्मजयन्ती मनाउने गर्दछन् । तर, यस वर्ष कोरोना संक्रमणको महामारीका कारण धेरै व्यक्ति भेला भएर जन्मजयन्ती मनाइने छैन । किरात धर्म तथा साहित्य उत्थान संघले किरात धर्मावलम्बीहरुलाई धेरै व्यक्ति भेला भएर जन्मजयन्ती नमनाउन अपिल गरेको छ ।
वि।सं २००५ चैत २२ गते निधन भएका फाल्गुनन्दलाई २०६६ मंसिर १६ गते तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो।
Discussion about this post