दमक: कोरोना संक्रमणको दर बढ्दै जाँदा दमक नगरपालिकाले लकडाउन गर्ने तयारी गरेको बताईएको छ । लक डाउन गर्ने बिषयमा के गर्ने भनी नगरपालिकाले सरोकारवाला निकायहरुसंग सुझाव मागेको थियो ।
तर लकडाउन मात्रै कोरोना नियन्त्रणको औषधि नभएको भन्दै लक डाउन गरेर पनि कोरोना नियन्त्रणको लागी योजना सहित काम गर्नु पर्ने नागरिकहरुले बताएका छन् । यस अघिका जस्तै लकडाउन गर्ने हो भने कुनै अर्थ नरहने भन्दै लकडाउन गर्ने भए त्यसमा कडाई गर्न सुझाव दिईएको उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले बताउनु भयो ।
लक डाउन गर्ने भए हिँडडुलमा समेत कडाई गरि दुई हप्ता सम्म कडाई गर्न सुझाव दिईएको उहाँले बताउनु भयो । तर ब्यवसायीका पसल मात्रै बन्द गरेर लकडाउन नहुने अध्यक्ष श्रेष्ठले बताउनु भयो । संक्रमण बढ्दै जाँदा यस अघि पनि नगरपालिकाले लकडाउन गरेर सुत्ने गरेका कारण लकडाउनले मात्रै कोरोना नियन्त्रण नहुने लायन्स क्लब अफ दमक सेवीकाकी संस्थापक अध्यक्ष रेगिना भट्टराई प्रसाईंले बताउनु भयो ।
Discussion about this post