दमक: कोरोना संक्रमणबाट दमक नगरपालिकामा १५ जनाको मृत्यु भइसकेको छ।
पछिल्लो पटक शुक्रबार एकजना पुरुषको मृत्यु भएसँगै मृतक संख्या १५ पुगेको हो। दमक–४ घर भएका पुरुषको स्थानीय दाहाल प्रतिष्ठानको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको थियो।
चार दिनअघि संक्रमण देखिएपछि नगरपालिकाले तयार गरेका आइसोलेसनमा बसेका उनी मिर्गौलाका बिरामी समेत रहेका नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिनुभयो।
Discussion about this post