इलाम: कोरोना भाइरसको संक्रमणबाट माङसेबुङ ६ का एक ६५ वृद्धको सोमबार गए राती मृत्यू भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।
एडभान्स अस्पताल दमकमा उपचार गराइरहेका उनको कोरोना परीक्षण पोजेटिभ देखिएपछि घर फर्काउने क्रममा मृत्यू भएको बताइएको छ । उनको शव दमकबाट रातीनै एम्बुलेन्सबाट पञ्चमी नजिकै एकान्तमा राखिएको छ । जिल्लाबाट नेपाली सेनाको टोलीले अन्त्यष्टि गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणबाट मृत्यू भएको जिल्लाको यो दोस्रो घटना हो । यसअघि मृगौला रोगबाट पीडित सुर्योदय नगरपालिकाका ८ वर्षीय बालकको मृत्यू भएको थियो ।
Discussion about this post