माङसेबुङः राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १३६औं जन्मजयती समारोह भव्य समारोह नहुने भएको छ ।
विश्वमा फैलिएको महामारी कोरोना भाइरस (कोभिड १९) को विषम परिस्थितिलाई ख्याल गर्दै कातिक २५ गते भव्य समारोह नहुने भएको आयोजक संस्था किरात धर्म तथा साहित्य उथान संघले जानकारी गराएको छ ।
संघका अनुसार सम्पूर्ण किरात धर्म सम्बद्ध एवं संघ सस्थाहरु माङहिमहरुले विश्व शान्ति र चराचर जगतप्राणीको रक्षाको लागि सामाजिक दुरीलाई ख्याल गरी सेवापुजा सहित अनुकुल जन्मजयन्ती कार्यक्रम सम्पन्न गर्न अनुरोध गराएको हो ।
विगतका वर्षहरु झैं साँझ दिपावली गर्न जानकारी गराएको छ ।
Discussion about this post