माङ्सेबुङ: माङ्सेबुङ ५ को नाम्तोक्ला टोलको एक युवामा कोरोना पोजेटिभ देखिएपछि वडा सरकारले आवतजावतमा रोक लगाएको छ ।
माङ्सेबुङ गाउँपालिका वडा ५ को वडा अध्यक्ष नरेन्द्र कुमार राइको अध्यक्षतामा किरात चोत्लुङ अङ्सिमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिङ योङहाङ, राजनितीक पार्टीका प्रतिनिधि, सामाजिक सस्थाका प्रतिनिधिहरुको उपस्थितिमा १० दिनका लागि आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।
वडा ५ को सबै शैक्षिक सस्था, होटल, बितिय सस्था, खेलकुदमा लुडो, चेस, करातेजस्ता अतिरिक्त खेलहरु बन्द गर्ने भएको छ ।
अत्यावश्यक परेमा वडाको सिफारिस लिएर मात्रै जानुपर्ने निर्णय गरेको हो । अहिले कोरोना पोजेटिभ भएका युवा आइसोलेसनमा वडा कार्यालयले जनाएको छ ।
यस्तो छ निर्णय :

Discussion about this post