विराटनगरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षा सुधारका लागि प्रविधिमैत्री शिक्षण सिकाई आवस्यक भएकोमा जोड दिनुभएको छ । विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्री बनाउने अभियानको शुरुवात प्रदेश सरकारले गरिसकेको उहाँले बताउनुभयो ।
सामाजिकविकास मन्त्रालय र स्थानीयतहको साँझेदारीमा सञ्चालित सूचना प्रविधि सम्बन्धी अनलाईन शिक्षकतालिमको आजशुभारम्भ गर्दै मुख्यमन्त्री राईले सो कुरा बताउनुभएको हो । प्रदेश सरकारले डिजिटल प्रदेशको यात्रा शुरु गरिसकेको बताउँदै उहाँले भन्नुभयो, शिक्षालाई सूचनाप्रविधिसँगजोड्न आवस्यक छ ।’ डिजिटल प्रदेशकालागि नीति तथा कार्यक्रम बनिसकेको मुख्यमन्त्री राईले बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले १० बर्ष भित्रमा प्रदेशबाट किताव र झोला मुक्त गरिने लक्ष्य अनुसार काम भईरहेको बताउनुभयो । कोरोनाका कारण १० बर्षभित्रको लक्ष्य ३ बर्ष भित्रमा पुरा हुने देखिएको उहाँले बताउनुभयो । कोरोनाका कारण अहिले अनलाईन शिक्षण विधि शुरु भईसकेको बताउँदै उहाँले किताव र झोलामुक्त प्रदेश चाँडै हुने दावीगर्नुभयो । पहिलो चरणमा ६ बटा स्थानीय तहका ६ सय शिक्षकलाई तालिम शुरु गरिएपनि दसैं अगावै ३० वटा स्थानीय तहका ३ हजार शिक्षकलाई सूचना प्रविधिसंवन्धि तालिम दिईने मन्त्री घिमिरेको भनाई छ । ३ हजार शिक्षकले सूचना प्रविधिको तालिम लिई सकेपछि चेतना, प्रविधि र सीपको भेल आउने उहाँले बताउनुभयो । समाज प्रविधिप्रतिआकर्षित बन्दै गएको मन्त्रि घिमिरेको भनाई छ । उहाँले भन्नुभयो,‘ विद्यालयमा तन्नाले छोपेर कम्प्युटर राख्ने अवस्थाको अन्त्यहुने छ ।’ सामाजिक विकास मन्त्री घिमिरेले आगामी दिनमा कठोर लकडाउनको अवस्था नभएकाले कोरोनासँग जुध्दै अघि बढ्नुपर्ने समय आएको बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, सामाजिक विकास संसदीय समिति सभापति सरिता थापा, इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की लगायतले प्रविधि अनलाईन तालिमले शिक्षकसिकाईमा महत्वपूर्ण उपलब्धि हुने बताउनुभयो ।
प्रदेश सरकारको विद्यालयशिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिकाअनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरताकार्यक्रम सञ्चालनगर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधिशिक्षा संवन्धि शिक्षकहरुमा क्षमता विकास तालिममा इलामको सुर्योदय नगरपालिका, झापाको मेचीनगर नगरपालिका, मोरंगको पथरी शनिश्चरेका ६ सय शिक्षकहरुको सहभागिता रहेको विकास मन्त्रालयले जनाएको छ ।
Discussion about this post